aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

नगरेको कामको बिल बनाउन दबाब दिएपछि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ११ साउन २०७६
नगरेको कामको बिल बनाउन दबाब दिएपछि

काम नभएको सडक योजनाको एक करोड रुपियाँको मूल्याङ्कन गर्न गाउँपालिका अध्यक्षले दबाब दिएपछि बैतडीका एक इञ्जिनियरले गाउँपालिका छोडेका छन् ।

सिगास गाउँपालिका वडा नम्बर ५ ढुङ्गाडबाट गाउँपालिका केन्द्र गर्जे जोड्ने सडकमा नभएको कामलार्य समेत काम सम्पन्न भएको बनाएर बढी मूल्याङ्कन गरेर मेजरमेन्ट बिल बनाउन दबाब आएपछि आफुले गाउँपालिका छोडेर हिँडेको इन्जिनियर महेश विष्टले बताउनुभयो ।


इन्जिनियर विष्टले भन्नुभयो– ‘त्यहाँ पाँच-सात किलोमिटर मात्र सडक खनिएको छ । केही ठाउँमा डोजरले मात्र खनेको छ । स्टमेट अनुसार ३५ लाख रुपियाँभन्दा बढी काम भएको छैन ।

मलाई झण्डै ९२ लाख रुपियाँको मेजरमेन्ट बील बनाउन गाउँपालिका अध्यक्षले चर्को दबाब दिनुभयो । मैले त्यस्तो काम गर्न नसक्ने बताएपछि आफुले भनेको काम गर्न नसक्ने भए गाउँपालिकाबाट तुरुन्तै गइहाल्न धम्की आएपछि सो गाउँपालिका छोडेर महेन्द्रनगर आएको छु ।’ यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको हो ।

प्रतिक्रिया दिनुहोस