
काठमाडौं । भारतमा अटो सेक्टरमा आएको मन्दीका कारण कार उत्पादक कम्पनीहरुको आम्दानीमा ठूलो गिरावट आएको छ । भारतको प्रमुख कार उत्पादक कम्पनी मरुतीका आर्थिक वर्ष २०१९–२० पहिलो त्रैमासमा ठूलो घाटा बेहोर्नु परेको छ । यो आर्थिक वर्षमा मरुतीको नाफामा २७.३ प्रतिशतले गिरावट आएको छ । गतवर्ष कम्पनीले १९७५.३ करोड भारु कमाएको थियो
। यसवर्षको पहिलो त्रैमासमा १४३५.५ करोड भारु मात्र कमाएको छ । मारुती सुजुकी अनुसार यो त्रैमासमा ४०२५९४ वटा गाडी विक्री गरेको छ जुन गत वर्षभन्दा १७.९ प्रतिशत कम हो ।
मारुतीले भारतमा ३७४४८१ वटा गाडी विक्री गरेको छ । जुन गतवर्षभन्दा १९.३ प्रतिशत कम हो । त्यस्तैगरि, अर्को कार उत्पादक कम्पनी टाटाको पनि ३६७९.६६ करोड घाटा भएको छ ।
प्रतिक्रिया दिनुहोस