
काठमाडौं । गत चैत ७ गते सरकारले राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा नियुक्त गरिएका डा.शान्तराज सुवेदीले पदबाट राजीनामा दिएका छन् ।
डा.सुवेदीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शुक्रबार राजीनामा पत्र बुझाएका हुन । उनले आफ्नो राजीनामा भने आइतबारदेखि लागू हुने गरी दिएका छन् ।
उनले आफ्नो राजीनामा पत्रमा मात्र घरायसी कारण देखाएका छन् । उनले तीन महिनामै राजीनामा दिनुपछिका अन्य कारण खुलाएका छैनन् । सरकारले नेपालमा बासोबास गर्ने विभिन्न जातजाति खसआर्य, अपांगता भएका, जेष्ठ नागरिक, अल्पसंख्यक, सीमान्तकृत, पीछडा वर्गलगायत समुदायको अध्ययन काम आयोगले हेर्ने गरि बनाइएको छ ।
समावेशीसहति सातवटा आयोगमा अध्यक्ष नियुक्ती भए पनि पदाधिकारी र कर्मचारी र बजेट भने सरकारले दिन सकेको छैन । डा.सुवेदी नेपाल सरकारका पूर्वअर्थसचिव समेत भइसकेका व्यक्ति हुन् ।
प्रतिक्रिया दिनुहोस