
एजेन्सी ।भारतमा विद्युतीय गाडीको करमा भारी कर छुट दिने घोषणा गरेको छ । भारतको गुड्स एण्ड सर्भिस ट्याक्स( जिएसटी) काउन्सिलले विद्युतीय गाडीमा भारी कर छुट दिने निर्णय गरेको हो । जिएसटी काउन्सिलले हाल १२प्रतिशत कर लिदै आएकोमा उक्त कर अब ५ प्रतिशत गर्ने निर्णय गरेको छ ।
त्यस्तैगरि, चार्जरमा समेत १८बाट ५ प्रतिशतमात्र कर लगाउने निर्णय गरेको छ । यो नयाँ करको दर आउदो अगष्ट १ तारिक २०१९ बाट लागू हुने जनाइएको छ । शनिबार जीएसटीको ३६ औं बैठकमा केन्द्रीय वित्तमन्त्री निर्मला सीतारमण समेत भिडियो कन्फरेन्स मार्फत बैंठकमा सामेल रहेकी थिइन ।
प्रतिक्रिया दिनुहोस