एजेन्सी । योग गुरु रामदेवद्धारा सञ्चालनमा रहेको पतञ्जली समूहले भारतको सबैभन्दा ठूलो खाने तेल उत्पादन गर्ने कम्पनी खरिद गर्ने भएको छ । भारतको खाने तेल कम्पनी रुची सोया खरिद गर्ने भएको हो । भारतको राष्ट्रिय कम्पनी न्यायाधिकरण( एनसीएलटी)ले रुची सोया कम्पनी पतञ्जलीलाई लिलामीमा दिन लागेको हो । उक्त कम्पनी पतञ्जलीले ४३५० करोड भारुमा लिलामीमा खरिद गर्न लागेको जनाइएको छ ।उक्त कम्पनीको नाममा ९३४५ करोड भारु ऋण तिर्न बाँकी रहेको छ ।
उक्त कम्पनीमा लीलामीमा भारतकै अदानी समूहको विलमर कम्पनीले पनि भाग लिएको थियो । यस कम्पनीको लिलामीबाट अदानी समूह बाहिरीएपछि पतञ्जली समूहले हात पारेको हो ।
ऋणमा ढुवेको उक्त कम्पनी खरिद गरेपछि पतंञ्जली समूहसँग सोयाविन तथा अन्य उत्पादन गर्ने सबैभन्दा ठूलो कम्पनी हुनेछ । यो कम्पनीलाई केहि दिनपहलो एनसीएलटीले ऋण रहेको स्ट्याण्डर्ड चार्टर्ड बैंक र डिबीएस बैंकले आवेदन दिएपछि लिक्वाडिसनको प्रक्रियामा लगिएको थियो ।
रुची सोया उद्योगको ९३४५ करोड ऋणमा १८०० करोड भारतीय स्टेट बैंकको रहको छ । सेन्ट्रल बैंक अफ इण्डियाको ८१६ करोड, पञ्जाब नेशनल बैंकको ७३४ करोड, स्ट्याण्डर्ड चार्टर्ड बैंक ६०६ करोड रहेको छ । रुची सोया कम्पनीका न्यूट्रिला, रुची स्टार र रुची गोल्ड जस्ता चलेका ब्राण्डहरु रहेका छन् ।
प्रतिक्रिया दिनुहोस