aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

पर्यटनमन्त्री आले सहित ९ जना विरुद्ध सर्वोच्चमा मुद्दा दायर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २६ माघ २०७८
पर्यटनमन्त्री आले सहित ९ जना विरुद्ध सर्वोच्चमा मुद्दा दायर

काठमाडौं । दबंग शैलीमा सस्तो चर्चा कमाउन आम मानिसलाई तर्साउदै हिडेका  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) डा. धनञ्जय रेग्मीले  आलेविरुद्ध सर्वोच्च अदालतमा अपहेलना मुद्दा दर्ता गरेका हुन ।

डा. रेग्मीले मन्त्री आलेसहित ९ जनाविरुद्ध मुद्दा दर्ता गरेका छन । डा. रेग्मीले दायर गरेको मुद्दामा पर्यटनमन्त्री आलेले आफूलाई सार्वजनिक स्थलमा अपशब्द बोलेर आफ्नो मर्यादामा समेत आँच पुगेको दाबी गरेका छन् ।

पर्यटन बोर्डका सीइओ रेग्मीले मन्त्री आलेले आफूलाई निलम्बन गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । जसमा अदालतले पुस ४ गते उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन आदेश समेत दिएको थियो ।

रेग्मीले अदालतको फैसला नआउँदै बोर्ड सञ्चालक समितिले छानबिनका नाममा प्रतिवेदन बुझाउने र आफूलाई स्पष्टिकरण सोधेको भन्दै मंगलबार मुद्दा दर्ता गरेका हुन् । रेग्मीले अदालतको आदेश पालना नगरी आफूलाई स्पिष्टकरण सोधिएको र यसले अदालतको अपहेलना भएको समेत दाबी गरेका छन् ।

रेग्मीले दायर गरेको मुद्दामा बोर्डका अध्यक्ष महेश्वर न्यौपाने, उपाध्यक्ष चन्द्रप्रसाद रिजाल, सदस्यहरु पद्यादेवी पौडेल धमला, विप्लव पौडेल, डावाडिमा शेर्पा, कृष्णकुमार शाह, तारानाथ अधिकारी, होमप्रसाद लुइटेललाई विपक्षी बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस