
काठमाडौं । पशुपति क्षेत्र विकास कोषका सञ्चालक सदस्य देवीप्रसाद बरालको नियुक्ती गैरकानुनी देखिएको छ । बराल सरकारी स्वामित्वको उदयपुर सिमेन्टमा समेत सदस्य रहेका छन् । साथै कोषमा कार्यकारी निर्देशक पदमा समेत गैरकानुनी तरिकाले नियुक्त गरिएको राष्ट्रिय सतर्कता केन्द्रले गरेको अध्ययनले देखाएको छ । त्यस्तै कोषमा नियुक्त भएका सल्लाहकार र कानुनी परामर्शदाताको नियुक्ती पनि कोषको नियमावली विपरित नियुक्त गरिएको केन्द्रको अध्ययनमा छ ।
त्यस्तै, कोषको कर्मचारी सम्बन्धी नियमावली २०४५ को नियम १२मा रहेको प्रावधान विपरित कर्मचारीहरु नियुक्त गरेको केन्द्रको अध्ययनले देखाएको छ । कोषले नियुक्त गरेका करारका कर्मचारीहरु नियमावलीमा भएको प्रावधान विपरित र दरबन्दीभन्दा बाहिरको पदा सृजना गरि नियुक्त गरेको छ । कोषमा हाल श्रेणी विहिनदेखि अधिकृत द्धितिय सरहका पदमा ९६ जना कर्मचारी कार्यरत रहेका छन् ।
प्रतिक्रिया दिनुहोस