aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

कियाका यी गाडीहरूमा आगो लाग्न सक्नेभन्दै घर बाहिर पार्क गर्न सल्लाह

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २७ माघ २०७८
कियाका यी गाडीहरूमा आगो लाग्न सक्नेभन्दै घर बाहिर पार्क गर्न सल्लाह

एजेन्सी । किया गाडीहरूमा आगो लाग्ने खतरा रहेको देखिएको छ । दक्षिण कोरियाको अटो कम्पनीहरूले अमेरिकामा रहेका करिब ५ लाख कार र एसयूभी मालिकहरूलाई घरबाहिर पार्क गर्न सल्लाह दिएका छन् । यी कारहरू आगोको खतरामा छन्। तिनीहरूले पार्किङमा आगो पनि समात्न सक्छन् ।

एक रिपोर्टका अनुसार कियाले अमेरिकामा आफ्ना धेरै कार र एसयूभी फिर्ता गरिरहेका छन् । यी सवारी साधनमा प्राविधिक गडबडीका कारण एन्टी लक ब्रेक कम्प्युटर कन्ट्रोल मोड्युल सर्ट भएर इन्जिनमा आगलागी हुन सक्ने उनीहरुको भनाइ छ । 

रिकलले २०१४–२०१६ किया स्पोटेज, २०१६–२०१९ किया के ९०० गाडीहरूमा आगो लाग्न सक्नेभन्दै कम्पनीले घर बाहिर पार्क गर्न सुझाव दिएको छ ।  जसमा १२७,,७४७ किया गाडी गाडीहरू छन् । कुनै मानवीय क्षति नभए पनि यसबाट कुल ११ आगलागीका घटना भएका छन् ।

राष्ट्रिय राजमार्ग ट्राफिक सेफ्टी एडमिनिस्ट्रेशन (एनएचटीएसए)ले सवारी साधन मालिकहरूलाई सवारी उत्पादकहरूको सल्लाह पालना गर्न आग्रह गरिरहेको छ । हिँड्दा आगलागीको जोखिम बढ्न सक्ने एनएचटीएसएले जनाएको छ । त्यसैले सवारी साधन बन्द हुँदा पनि अरुबाट टाढा पार्किङ गर्नुपर्छ । डिलरहरूले यी गाडीहरूको एन्टि–क्लक ब्रेकिङ कन्ट्रोल मोड्युल जाँच गरिरहेका छन्  । के त्रुटिका कारण यस्तो भइरहेको छ खोजि भइरहेको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस