चितवनका दुग्ध किसानले मूल्य बढाउने तयारी गरेका छन् । किसानले दूधको मूल्य बढाउन दबाब दिएपछि जिल्ला दुग्ध सहकारी संघ लिमिटेडले मूल्य बढाउने तयारी गरेको हो ।
गत साता शुक्रबार बसेको बैठकले प्रतिलिटर दूधमा १० रुपैयाँ मूल्य बढाउने निर्णय गरेको अध्यक्ष रत्नमणि न्यौपानेले बताए ।
‘१–२ दिनमै घोषणा गर्दैछौं,’ उनले भने, ‘लागत ठूलो छ । किसानले मूल्य नपाएपछि बढाउन बाध्य भएका हौं ।’’ महङ्गी बढेपछि दुध उत्पादनको लागत समेत बढेको उनको भनाई छ ।
‘दाना, चोकर, औषधि, प्राविधिक सबैको मूल्य बढेको छ,’ उनले भने, ‘किसानले बेच्दा मुस्किलले ४९ रुपियाा पर्छ, उपभोक्ताले किन्दा ८० पर्छ, किसानलाई राहत दिन मूल्य बढाउन लागेका हौं ।’ यो खबर आजको कारोबार दैनिकमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस