aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

अमेरिकी सहायकमन्त्रीले प्रधानमन्त्री देउवालाई फोन गरेर भने एमसीसी टेबल गर्न किन ढिला ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २७ माघ २०७८
अमेरिकी सहायकमन्त्रीले प्रधानमन्त्री देउवालाई फोन गरेर भने एमसीसी टेबल गर्न किन ढिला ?

काठमाडौं । अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी) नेपालको प्रतिनिधिसभामा पेश गर्न भइरहेको ढिलाई प्रति अमेरिकाको सहायक विदेशमन्त्री डोनाल्ड लुले चासो लिएका छन् । एमसीसीका बारेमा भइरहेको विवादलाई अमेरिकाले नजिकबाट नियालिरहेको फोन बार्तामा लुले भनेको बालुवाटार स्रोतले बताएको छ। 

एमसीसीका विषयमा नेपालका राजनीतिक दलहरु समेत विभाजित भइरहेका बेलामा अमेरिकाको सहायक विदेशमन्त्री लुले प्रधानमन्त्री शेरबहादुर देउवासँग टेलिफोन वार्ता गरेका हुन। यसअघि एमसीसीका उपाध्यक्ष फातिमा सुमारले नेपाली सञ्चारकर्मीहरुसँग साक्षत्कार गर्दै फेब्रअरी २८ को समयसीमा मागेकाले त्यसको सम्मान हुने अपेक्षा गरेकी थिइन्। 

एमसीसी सम्झौता लामो समयदेखि प्रतिनिधिसभामा विचाराधीन छ । पछिल्लो पटक भने ६ फेब्रुअरीमा मिलेनियम च्यालेन्ज कर्पोरेसनले प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पत्र लेखेर एमसीसीबारे निर्णय गर्न २८ फेब्रुअरी म्याद दिएको छ ।
 

प्रतिक्रिया दिनुहोस