aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

मन्त्री र सचिवको के मा प-यो लफडा ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ साउन २०७६
मन्त्री र सचिवको के मा प-यो लफडा ?

मन्त्री र सचिवको के मा प-यो लफडा ?
मन्त्रालयले गर्ने कार्यहरूको प्रभावकारी कार्यान्वयन गराउन मन्त्रीहरूले सचिवसँग गर्ने कार्यसम्पादन सम्झौतामा सबैजसो मन्त्रीले आलटाल गरेका छन् ।
त्यस्तै, अधिकांश मन्त्रालयका सचिवले पनि आफू मातहतका निकायका प्रमुखसँग कार्यसम्पादन सम्झौता गर्न ध्यान दिएका छैनन् ।
नीतिगत तहमा भूमिका खेल्ने मन्त्रीहरूले मन्त्रालयसँग सम्बन्धित नीतिगत निर्णयको व्यावहारिक कार्यान्वयन मन्त्रालयका सचिवमार्फत गराउनुपर्छ ।
सरकार र मन्त्रालयले गरेका सम्बन्धित नीतिगत निर्णयको कार्यान्वयन गर्ने प्रमुख दायित्व पनि सचिवकै हो । तर, मन्त्रीहरूले सचिवसँग कार्यसम्पादन सम्झौता नगर्दा सचिवहरू नीतिगत निर्णयलाई कार्यान्वयन गराउन सक्रियताका साथ अगाडि नबढेको पाइएको छ । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस