धार्चे–३ खोर्लाबेंसीको ओढारबाट प्रहरीले बिहीबार १६ किलो सुन बरामद ग-यो । बस्तीबाट हजार मिटर माथिको अनकन्टार ओढारमा सुन लुकाइएको थियो ।
प्रारम्भिक अनुसन्धानमा धार्चे–१ यारुबगरका व्यापारी धनकमल गुरुङले छेकम्पारको ङुइला नाका हुँदै तिब्बतबाट सुन ल्याएको खुलेको छ ।
प्रहरीले शुक्रबार उनलाई राजस्व अनुसन्धान विभागमा बुझाएको छ । ‘यसको अनुसन्धान अब विभागले नै गर्छ,’ एसपी ओम अधिकारीले भने । यो खबर आजको कन्तिपुर दैनिकमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस