aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

भारतीयका लागि खुल्यो तीन दिने रजिष्ट्रेसन क्याम्प

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ साउन २०७६
भारतीयका लागि खुल्यो तीन दिने रजिष्ट्रेसन क्याम्प

भारतीय राजदूतावास, काठमाडौं र मोरङ व्यापार संघले संयुक्त रूपमा यहाँ कार्यरत/अध्ययनरत भारतीय नागरिकका लागि तीन दिने रजिस्ट्रेसन क्याम्पको आयोजना गरिएको छ ।

शनिबारबाट सुरु भएको क्याम्पबाट पहिलो दिन ५ सयभन्दा बढी भारतीय नागरिकले दर्ता प्रमाणपत्र प्राप्त गरेका छन् ।

यस क्षेत्रमा कार्यरत/अध्ययनरत हजारौं भारतीय नागरिकलाई सहज हुने गरी रजिस्ट्रेसन क्याम्पको आयोजना गर्न मोरंग व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले गरेको अनुरोधका आधारमा भारतीय राजदूतावास, काठमाडौंले शनिबारबाट सुरु गरेको रजिस्ट्रेसन क्याम्प १३ गतेसम्म सञ्चालन हुनेछ ।

क्याम्पमा दर्ता हुनका भारतीय चुनाव परिचय पत्र/पासपोर्ट/रासन कार्ड/मूल स्थायी निवास प्रमाणपत्रसहित कार्यरत रहेको उद्योग–प्रतिष्ठानको लेटर प्याडमा कार्य विवरणसहितको प्रमाण (नाम, पद, कार्यावधि आदि) र उद्योग–प्रतिष्ठानको पान नम्बरको प्रमाणपत्रको प्रतिलिपि पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस