
काठमाडौं । यही माघ दोस्रो साता कास्कीको गगनगौंडामा गण्डकी प्रदेश सरकारको लगानीमा बनिरहेको पक्की पुल सञ्चालनमा नआउँदै लच्कियो । टेको झिक्ने क्रममा पुल लच्किएको थियो । तर, दुई सय टन भार क्षमता रहेको पुल सञ्चालनमा नआउँदै बिग्रे पछि गुणस्तरका विषयमा पनि प्रश्न उठेको छ । सेती नदीमाथि बनिरहेको पुल करिब सात करोड रुपियाँको लागतमा बनेको थियो ।
गत असारमा उदयपुरको चौदन्डीमा बनिरहेको पुल खोलाले बगाएको थियो । स्थानीय सिवाइ र बेलही गाउँ जो ड्न बनाइएको उक्त पुल ११ वर्षअघि निर्माण सुरु भएको थियो । गत वै शाखमा गुल्मीको मुसिकोट गाउँपालिकाको वडा नम्बर ३ र ७ जो ड्न बढीघाटखो लामा बनिर हे को पुल पनि काम पूरा नहुँदै भत्किएको थियो । पुल भत्किँदा निर्माण व्यवसायीसहित पाँच जना घाइते भएका थिए ।
गत वैशाखमै चितवनको भरतपुर र देवघाट जो ड्न बनिर हे को पक्की पुल पनि एक महिनाको अन्तर ालमा दुई पटक भाँचियो । घटनामा एक जना कामदारको ज्यान गयो भने आठ जना घाइते भए । निर्माणाधीन पुल पटक–पटक भाँचिदा पनि पुल निर्माणको जिम्मे वारी लिएको सडक विभागले घटनालाई सामान्य ठान्दै निर्माणकार्य अघि बढाएको छ । चितवनमा त्रिशूली नदीमाथि पनि बनिरहेको पुल पनि ७५ प्रतिशत काम पूरा भइसके पछि भाँचिएको थियो ।
यो पुल पनि सडक विभागले नै बनाएको हो । निर्माणक्रममा भाँचिएका वा अन्य प्रकार का समस्या आएका मुलुकभर का पुलका यी उदाहरणमात्रै हुन् । सडक विभागका अनुसार २०७८ सालमा बाढीपहिरो तथा अन्य कारणबाट मुलुकभर का २९ वटा पुलमा क्षति पुगेको छ । जसमध्ये निर्माणसम्पन्न भएका तथा निर्माणकै क्रममा रहेको आठवटा पुलमा क्षति पुगेको छ ।
प्रतिक्रिया दिनुहोस