aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

करको विरोधमा रोकियो पुस्तक मेला

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ साउन २०७६
करको विरोधमा रोकियो पुस्तक मेला

यस वर्ष हुने भनिएको नेपाल अन्तर्राष्ट्रिय पुस्तक मेला रद्द भएको छ । आगामी साउन २९ देखि भदौ ३ गतेसम्म आयोजना हुन लागेको मेला नेपाल सरकारले विदेशबाट आउने पुस्तकमा भन्सारमा १० प्रतिशत कर लगाएपछि रद्द भएको हो ।

आर्थिक वर्ष २०७६/७७ को बजेटमा नेपाल सरकारले भारत र चीनलगायत देशहरुबाट आउने पुस्तकहरुमा १० प्रतिशत भन्सार शुल्क लाग्ने व्यवस्था गरेपछि पुस्तक प्रकाशन गर्ने विदेशी पब्लिकेशन हाउसहरुले अन्तर्राष्ट्रिय पुस्तक मेलामा सहभागी नहुने बताएपछि कार्यक्रम व्यवस्थापन संस्था ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट (जेम्स) ले औपचारिक रुपमा मेला रद्द भएको घोषणा गरेको थियो । यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस