
एजेन्सी । रिलायन्स इन्डस्ट्रीज अब विश्वव्यापी रूपमा ब्लू हाइड्रोजनको सबैभन्दा ठूलो उत्पादक बन्ने योजना सहित लगानी गर्ने भएको छ । यसका लागि उनले आफ्नो योजनाबारे जानकारी दिँदै विश्वको सबैभन्दा ठूलो तेल प्रशोधन केन्द्र सञ्चालन गर्न ३० हजार करोडको प्लान्ट बनाउने बताएका छ ।
हरित हाइड्रोजनको लागत घटाएसम्म भारतमा न्यूनतम वृद्धिशील लगानीमा हाइड्रोजन इको–सिस्टम स्थापना गर्ने रिलायन्स पहिलो कम्पनी हुनेछ, कम्पनीले आफ्नो विज्ञप्तिमा भन्यो । ब्लू हाइड्रोजन अहिलेसम्म पत्ता लागेको सबैभन्दा सफा इन्धन हो । यो हरियो, नीलो वा खैरो हुन सक्छ उत्पादनको प्रक्रियामा निर्भर रहन्छ । रिलायन्सले २०३५ सम्म आफ्नो व्यवसायका लागि पूर्णतया शून्य कार्बन उत्सर्जन गर्ने लक्ष्य राखेको छ र हाल नीलो हाइड्रोजनको उत्पादन बढाउनमा केन्द्रित छ ।
अम्बानी यस दशकको अन्त्यसम्ममा एक डलर प्रति किलोग्रामको दरमा हरियो हाइड्रोजन उत्पादन गर्न चाहने पनि विज्ञप्तिमा उल्लेख गरेको छ । जुन आजको मूल्यभन्दा ६० प्रतिशत कम छ । गत महिना उनले नवीकरण पूर्वाधारमा ७५ बिलियनको लगानी घोषणा गरेको छ ।
प्रतिक्रिया दिनुहोस