aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

प्रदेश सभा सदस्यलाई सुनको लोगो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ साउन २०७६
प्रदेश सभा सदस्यलाई सुनको लोगो

गण्डकी प्रदेशका सभासदलाई प्रदेशसभाले सुनको लोगो उपलब्ध गराएको छ । सुन जडित सो लोगो चीनबाट ल्याइएको हो । यस अगाडि प्रदान गरिएको लोगोभन्दा अहिलेको लोगो ३३ गुणा महङ्गो छ ।

लोगोको डिजाइन पुरानै भएपनि धातुका रुपमा चाँदी र बाहिरी कक्षमा सुन लेपन गरिएको छ । यसअघिको लोगोको मूल्य १९५ रुपियाँ मात्र थियो ।

नयाँ लोगोको मूल्य छ हजार पाँच सय रुपियाँ छ । लोगोभित्र प्रयोग गरिएको धानको बाला सुनको रहेको छ । खुला प्रतिष्पर्धामा निर्मित लोगोको डिजाइन प्रदेशसभाकै कर्मचारी वि नितरानामगरले बताउनुभएको हो ।

उहाँले बनाएको प्रदेशको लोगोमा दुई धानका बालाले घेरेको गोलाकारभित्र रहेको माछापुछ्रेको चुचुरोको आकारसहितको अन्नपूर्ण हिमशृङ्खला छ ।

त्यसभन्दा तल गाढा र फिका रङको पहाड छ । लोगोको माथिपट्टि देखिने हिमाल छ भने नेपालको नक्साभित्र गण्डकी प्रदेशको छुट्टै नक्सा तथा गैँडा र जरायो पनि छ । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस