aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

एयर इन्डिया टाटाले लिएपछि के के गर्यो परिवर्तन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०१ फागुन २०७८
एयर इन्डिया टाटाले लिएपछि के के गर्यो परिवर्तन

एजेन्सी । भारतको झण्डा वाला एयर इन्डिया टाटा समूहले लिने वित्तिकै धेरै परिवर्तन गरेको छ । हाल टाटासँग ३ वटा एयरलाइन्स छन् । जसमा विस्तारा र एयरएशिया इन्डिया समावेश छन् । टाटा समूहले यी एयरलाइन्सबीच सहकार्यको काम सुरु गरिसकेको छ र यसको पहिलो फाइदा एयर इन्डिया र एयर एसिया इन्डियाका ग्राहकलाई दिइने भएको छ ।

Air India / AirAsia India  ले आपसमा ’ÚInterline Consideration on Irregular OperationsÚ (IROPs)  सम्झौतामा हस्ताक्षर गरेका छन् । यो सम्झौता भएपछि जुनसुकै कारणले सेवा अवरुद्ध हुने दुईवटा वायुसेवा कम्पनीका यात्रुलाई अर्को कम्पनीको पहिलो उपलब्ध उडानमा उडान भर्ने सुविधा दिइनेछ । हाल यो सुविधा दुवै कम्पनीका आन्तरिक यात्रुलाई मात्र उपलब्ध हुनेछ ।

टाटाको यो पहलले दुवै एयरलाइन्सका ग्राहकलाई फाइदा हुनेछ । यदि कुनै एयरलाइन्सको उडान धेरै ढिलो वा रद्द भयो भने उसले अन्य उपलब्ध उडानहरूमा उडान गर्न सक्षम हुनेछ । यसले दुवै कम्पनीका ग्राहकलाई पर्न सक्ने असुविधा कम हुने टाटा समूहले जनाएको छ । 

यस सुविधाको लागि अन्य उपलब्ध उडानहरूमा सिट उपलब्धता पनि जाँच गरिनेछ। त्यसैका आधारमा त्यहाँ रहने विमानस्थल प्रबन्धकले यसबारे निर्णय लिने भएकाले टाटा समूहमा एयर इन्डिया आउनेबित्तिकै धेरै परिवर्तन देखिन थालेको छ । यसमा सबैभन्दा महत्वपूर्ण कुरा उडान भित्र उपलब्ध खाना हो । 
 

प्रतिक्रिया दिनुहोस