
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा चालू आर्थिक वर्षको छ महिनामा भ्रष्टाचार सम्बन्धी सात हजार ५७० वटा उजुरी परेका छन् । आयोगको तथ्याङक अुनुसार साउनदेखि माघ महिनासम्म विभिन्न स्रोतहरुबाट भ्रष्टाचार सम्बन्धीका उजुरी परेका हुन् ।
आयोगमा अनलाइनबाट पनि उजुरी आउने गर्छन् । आयोगको वेभसाइट र अन्य फेसबुक, इमेल, ट्वीटर, भाइबर, हटलाइन, टोल फ्री नम्बर र हुलाक बाट बाट पनि उजुरी गर्न मिल्छ । टंगाल बाहेक अन्य आठ कार्यालयबाट पनि उजुरी गर्न मिल्ने गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता वेद प्रसाद भण्डारीले जानकारी दिए ।
उनले भने, ‘सूचना प्रणालीको एकीकृत प्रणालीबाट उजुरी दर्ता गरिन्छ । हामीले त्यो उजुरीको जेनेरेटाइज गर्छौ । सिस्टम मै जेनेरेटाइज हुन्छ । उजुरी आएको जानकारी आएपछि छानबिनको प्रक्रिया सुरु हुन्छ । उजुरी जहाँ दर्ता भए पनि एकिकृत रुपमा काठमाडौं नै ल्याइन्छ । यहाँ बाट नै छानबिन र जिम्मेवारी तोकिन्छ ।’
उनका अनुसार आयोगमा नेपालबाट मात्र नभएर विदेशबाट पनि उजुरी आउने गर्छन् । उनी भन्छन्, ‘नेपालीहरू विदेशमा पनि छन् । उनिहरूका सरोकारका विषय पनि हुन्छन् । श्रमका विषयमा पनि उजुरी हुन्छन् ।’
अनलाइन उजुरीको व्यवस्था आएदेखि मानिसलाई सहज भएको र आयोगमा उजुरी पनि बढ्न थालेको उनी बताउँछन् । उनी भन्छन्, ‘अहिले मानिसहरू धेरै सक्रिय भएका छन् । प्रविधिले सबैलाई सहज बनाएको छ । पहिले उजुरी गर्न आयोग मै पुग्नु पथ्र्यो । प्रविधिले अनलाइनबाट पनि उजुरी गर्न सक्ने रै छ भन्ने ज्ञान दिएको छ । जसले गर्दा पछिल्लो समयमा आयोगमा भ्रष्टाचारका उजुरी पनि बढेका छन् ।
अख्तियार दुरुपयोग अुनसन्धान आयोगको तथ्याङक हेर्ने हो भने चालू आर्थिक वर्षको साउन महिनामा मात्र १६३२ वटा उजुरी परेका छन् । जसमा सबैभन्दा बढी लिखित निवेदनबाट ५६६ वटा, हुलाक सेवाबाट ३५० वटा, इमेलबाट ३११ वटा,आयोगको वेभसाइटबाट २१६ वटा, टेलिफोनबाट ७३ वटा, समाचार पत्रबाट ६४ वटा, मोबाइल एपबाट ३० वटा र फेसबुकबाट २२ वटा उजुरी परेको हो ।
यसैगरी भदौ महिनामा विभागमा मात्र १६३२ वटा उजुरी परेका छन् । लिखित निवेदनबाट ४४२ वटा, हुलाक सेवाबाट २९१ वटा, इमेलबाट २५९ वटा,आयोगको वेभसाइटबाट १८४ वटा, टेलिफोनबाट ७० वटा, समाचार पत्रबाट २७ वटा, मोबाइल एपबाट १६ वटा र फेसबुकबाट ७ वटा र भाइबरबाट एउटा उजुरी परको तथ्याङकमा उल्लेख छ ।
आयोगको तथ्याङक अनुसार असोजमा विभिन्न स्रोतहरुबाट १०१९ वटा उजुरी परेका छन् । लिखित निवेदनबाट ३२० वटा, हुलाक सेवाबाट २६१ वटा, इमेलबाट १७७ वटा, आयोगको वेभसाइटबाट १८३ वटा, टेलिफोनबाट ४८ वटा, समाचार पत्रबाट १२ वटा, मोबाइल एपबाट ८ वटा र फेसबुकबाट ९ वटा उजुरी परेको हो ।
अख्तियार अुनसन्धान आयोगमा कात्तिक महिनामा ८४० वटा उजुरी परेका छन् । जसमा लिखित निवेदनबाट १९७ वटा, हुलाक सेवाबाट २३४ वटा, इमेलबाट १९३ वटा,आयोगको वेभसाइटबाट १३० वटा, टेलिफोनबाट २७ वटा, समाचार पत्रबाट १३ वटा, मोबाइल एपबाट २१ वटा र फेसबुकबाट २ वटा र भाइबरबाट एउटा उजुरी परको तथ्याङकमा उल्लेख छ ।
मंसिर महिनामा आयोगमा ९९२ वटा उजरी परेका छन् । यस महिनामा लिखित निवेदनबाट ३०७ वटा, हुलाक सेवाबाट २६९ वटा, इमेलबाट २०५ वटा,आयोगको वेभसाइटबाट १२२ वटा, टेलिफोनबाट ३१ वटा, समाचार पत्रबाट २३ वटा, मोबाइल एपबाट १४ वटा र फेसबुकबाट ३ वटा उजुरी परेको हो ।
यस्तै, पुसमा एक हजार ११५ वटा उजुरी परेका छन् । जसमा लिखित निवेदनबाट ३९१ वटा, हुलाक सेवाबाट २०३ वटा, इमेलबाट २०५ वटा, आयोगको वेभसाइटबाट १९१ वटा, टेलिफोनबाट ६७ वटा, समाचार पत्रबाट ८ वटा, मोबाइल एपबाट १३ वटा र फेसबुकबाट ५ वटा एउटा उजुरी परेको तथ्याङकमा उल्लेख छ ।
यसैगरी आयोगको तथ्याङक अनुसार माघमा एक हजार ६५७ वटा उजुरी परेका छन् । जसमा लिखित निवेदनबाट १८५ वटा, हुलाक सेवाबाट ९५ वटा, इमेलबाट १५८ वटा, आयोगको वेभसाइटबाट १३६ वटा, टेलिफोनबाट २७ वटा, समाचार पत्रबाट २२ वटा र फेसबुकबाट ६ वटा एउटा उजुरी परेको तथ्याङकमा उल्लेख छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७८ साउन १२ गते पुष्पलाल राजमार्ग योजवना धुलिखेल काभ्रेका तत्कालिन योजना प्रमुख विजय चापागाई सहित पाँच जना विरुद्ध गैर कानुनी लाभ तथा हानी गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको थियो । यस्तै सोही महिनाको २२ गते आयोगले बुढानिलकण्ठ नगरपालिकाकामा कार्यरत सव इन्जिनियर विनोद कुमार विरुद्ध ७२ हजार विगो दावी सहित मुद्दा दायर गरेको तथ्याङकमा उल्लेख छ ।
यसैगरी आयोगले भदौ १ गते प्रहरी कल्याण कोषद्धारा सञ्चालित प्ट्रोल पम्प नक्सालमा कार्यरत प्रहरी निरीक्षक दिलिप कार्की विरुद्ध एक करोड तीन लाख ९७ हजार रुपैयाँ विगो सहित सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरेको आरोपमा मुद्दा दायर गरेको थियो ।
सोही महिनाको २ गते राष्ट्रिय पुनर्निमाण प्राधिकरण ओखलढुङगाामा कार्यरत सव इन्जिनियर राजन पासवान विरुद्ध आयोगले ३० हजार रुपैयाँ बिगो दावी सहित मुद्दा दायर गरेको थियो । भदौ ८ गते बाराका जिल्ला वन अधिकृत भैरव प्रसाद घिमिरे सहित ती जना विरुद्ध सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरेको आरोपमा मुद्दा दायर गरेको थियो भने सोही दिन २० हजार घँुस लिएको आरोपमा सामाजिक कार्य निर्माण कार्यान्वयन इकाइए बाग्मती प्रदेशका धादिङमा कार्यरत सव इन्जिनियर बिनोद सापकोटा विरुद्ध आयोगले मुद्दा दायर गरेको थियो ।
यस्तै भदौ ९ गते प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन इकाई, स्याउ जोन, डोल्पाका कार्यालय प्रमुख हश्मुल्लाह मुसलमान विरुद्ध २० हजार रुपैयाँ विगो सहित र साविक राम जनता आधारभूत विद्यालय, सर्लाहीका तत्कालिन प्रधानाध्यापक राम लखन चौधरी र शिक्षक रबिन्द्र नाथ चौधरी उपर नक्कली अध्यापन अनुमतिपत्र बनाएको आरोपमा मुद्दा दायर गरेको थियो ।
यसैगरी भदौ महिनाकै १० गते शहिद लालध्वज मार्ग उपभोक्ता समिति, शुक्लागण्डकी नगरपालिका–१, तनहुँका तत्कालिन अध्यक्ष डिल्लीराम अधिकारीसमेत ५ जना उपर गैरकानूनी लाभ तथा हानि नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा आयोगले मुद्दा दायर गरेको तथ्याङकमा उल्लेख छ ।
सोही महिनाको २२ गते नेपाल बैक लिमिटेड मंलगवा शाखा, सर्लाहीको सहायक पदमा कार्यरत सन्तोष बिक्रम शाहसमेत ३ जना उपर ४२ लाख बिगो कायम गरी सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ । २३ गते जिल्ला प्रशासन कार्यालय, धनुषामा कार्यरत नायब सुब्बा उमेश कुमार चौधरीलाई घुस रकमसहित नियन्त्रण लिई ८ हजार ५ सय रुपैयाँ विगो दावी गरेको छ ।
भदौ महिनामै २७ गते आयोगले एस.आर.डी.कन्स्ट्रक्सन नवलपरासीका प्रोपाइटरहरु रमेश पराजुली र सन्दिप के.सी. उपर बिगो ७५ लाख ८० हजार ६४९ कायम गरी गैरकानूनी लाभ तथा हानिनोक्सानी गरी भ्रष्टाचार गरेको र तनहुँको घाँसीकुवा गा.वि.स.का तत्कालीन गा.वि.स. सचिव रामराज न्यौपानेसमेत ७ जनाउपर सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको थियो ।
आयोगले असोज ४ गते सार्वजनिक सम्पत्ति हानी नोक्सानी र गैर कानुनी लाभ हानी र भ्रष्टाचार गरेको आरोपमा उदयपुर जिल्ला, साविक रामपुर ठोक्सिला गा.वि.स.का तत्कालीन गा.बि.स. सचिव केशव प्रसाद आचार्यसमेत ५ जना सल्लेरी सामुदायिक वन उपभोक्ता समितिका तत्कालीन अध्यक्ष दिपक घर्तीसमेत ३ जना विरुद्ध ४५ लाख २ हजार २६५ विगो सहित मुद्दा दायर गरेको छ ।
यस्तै असोज १२ गते सार्वजनिक सम्पत्ति हानी नोक्सानी र गैर कानुनी लाभ हानी र भ्रष्टाचार गरेको आरोपमा आयोगले उदयपुरको रामपुर ठोक्सिला गा.वि.स.का तत्कालीन गा.बि.स. सचिव केशव प्रसाद आचार्य समेत ५ जना र १५ गते मकवानपुर, कैलाश गाउँपालिकाका गाउँपालिका अध्यक्ष टंक बहादुर मुक्तान समेत ६ जना २ लाख ६० हजार ९ सय रुपैयाँ विगो दावीसहित मुद्दा दायर गरेको छ ।
यसैगरी सोही महिनाको १८ गते काठमाडौं, बुढानिलकण्ठ नगरपालिकाका सव–इन्जिनियर विनोद कुमार पौडेललाई ७२ हजार रुपैयाँ र जनकपुरधाममा कार्यरत ना.सु. उमेश कुमार चौधरीलाई ८ हजार ५ सय रुपैयाँ घुस सहित नियन्त्रयामा लिएको थियो । त्यस्तै, जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, बसुन्धरा कार्यरत सव–इन्जिनियर दिपेन्द्र कुमार के.सी २ लाख घुस रकम सहित पक्राउ गरेका थिए ।
यसैगरी २४ गते महोत्तरी, मटिहानी नगरपालिका ५ नं वडा कार्यालयका वडाध्यक्ष राम बहादुर महतो र सहायक कम्प्युटर अपरेटर अब्दुल राईन घुस लिएको आरोपमा १० हजार रुपैयाँ दावी सहित नियन्त्रणा लिएको थियो ।
आयोगको तथ्याङक अनुसार कात्तिक १७ गते वैदेशिक रोजगार कार्यालयका नायव सुब्बा दुर्गा प्रसाद पोखरेलले बैदेशिक रोजगारको सिलसिलामा श्रम स्वीकृती बनाउन आएका सेवाग्राहीलाई काममा आलटाल गरी अनलाइन फर्म भर्ने बिचौलियासँग जानुपर्ने बाध्यता सिर्जना गरी बिचौलियाको काम गर्ने खेम प्रसाद काफ्लेमार्फत २१ हजार घुस लिएको आरोपमा नियन्त्रयणमा लिएको थियो ।
यस्तै २९ गते सर्लाही, इश्वरपुर न.पा. वडा नं. ११ का वडा सदस्यद्वय सोनेलाल साह र उमेश रायले ढलान सम्बन्धी काम सम्पन्न पश्चात उपभोक्ता समितिलाई कार्य सम्पन्न सिफारिस गरिदिएवापत १ लखा ५० हजार गरको आरोपमा नियन्त्रणमा लिएको थियो । ३० गते बारामा कार्यरत प्रहरी नायव निरीक्षक विरेन्द्र महतोसमेत ३ जना उपर झुठ्ठा विवरण पेश गरी भ्रष्टाचार गरेको आयोगले मुद्दा दायर गरको थियो ।
आयोगका अनुसार मंसिर ६ गते घुसर लिएको आरोपमा जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय, बसुन्धारामा कार्यरत सव इन्जिनियर दिपेन्द्र कुमार के.सी.उपर बिगो २ लाख र महोत्तरी, गौशाला नगरपालिका ५, रामनगरस्थित सशस्त्र प्रहरी बल, सुरक्षा वेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी बरिष्ठ हवल्दार राजीशरण साहसमेत २ जना विरुद्ध ५ हजार विगो दावी गरेको छ ।
सोही महिनाको ९ गते सार्वजनिक सम्पत्ति हिनामिना गरेको आरोपमा मनसुता सामुदायिक वन उपभोक्ता समुह, दाङका तत्कालीन अध्यक्ष कुल बहादुर खत्रीसमेत ३ जना उपर ४ लाख ५६ हजार रुपैयाँ र मंसिर १३ गते अनिरुद्र पब्लिक माध्यमिक विद्यालय, कपिलवस्तुका तत्कालीन प्रधानाध्यापक देवेन्द्रमणी त्रिपाठी र लेखापाल असर्फि यादव उपर ७ करोड ८२ लाख ६५ हजार रुपैयाँ विगो सहित मुद्दा दायर गरेको तथ्याङकमा उल्लेख छ ।
सोही महिना घुस लिएको आरोपमा १४ गते जिल्ला सप्तरी, कन्चपुर न.पा. वडा नं. १ बस्ने कमल किशोर राज यादव उपर ५० हजार रुपैयाँ १५ गते मालपोत कार्यालय, चनौली चितवनमा कार्यरत मालपोत अधिकृत मुकुन्द पौडेल विरुद्ध ५० हजार रुपैयाँ र भरतपुर महानगरपालिका २० नं. वडा कार्यालयका अमिन (करार) बिरेन्द्र बहादुर कठायतलाई १ लाख ५० हजार नगद र ३ लाख ५० हजार रुपैयाँ चेकसहित नियन्त्रण लिई आयोगले मुद्दा दायर गरको थियो ।
आयोगले सार्वजनिक सम्पत्ति हिनामिना गरेको र घुस लिएको आरोपमा कात्तिक २० गते सुर्खेत, पञ्चपुरी नगरपालिका वडा नं. ११ कुईनेमा रहेको पातालगैरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष हरि दमाईसमेत ८ जना र वैदेशिक रोजगार कार्यालयका नायव सुब्बा दुर्गा प्रसाद पोखरेलसमेत ३ जना विरुद्ध मुद्दा दायर गरेको थियो ।
कात्तिक २३ गते आयोगले अकुत सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा अर्थ मन्त्रालयका तत्कालीन शाखा अधिकृत उद्वब प्रसाद थपलिया विरुद्ध १ करोड ६४ लाख ८९ हजार रुपैयाँ विगो सहित मुद्दा दायर गरको थियो । भने २८ गते सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको आरोपमा महोत्तरी गौशालाका तत्कालीन सचिव नागेश्वर राय यादव विरुद्ध १२ लाख ८६ हजार रुपैयाँ विगोा दावी सहित मुद्दा दायर गरेको थियो ।
आयोगको तथाङक अनुसार पुस १६ गते सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको आरोपमा जुनतारा सामुदायिक वन उपभोक्ता समुहका तत्कालीन अध्यक्ष राजेन्द्र थेबे विरुद्ध १३ लाख ९७ हजार रुपैयाँ र पुस १८ गते कृषि सामाग्री कम्पनी लिमिटेडका प्रवन्ध सञ्चालक नेत्र वहादुर भण्डारी समेत १० जना तथा २ वटा कम्पनी विरुद्ध १ करोड ५३ लाख २२ हजार रुपैयाँ विगो सहित मुद्दा दायर गरेको छ ।
यस्तै सोही महिनामा गैर कानुनी रुपमा सम्पत्ति आर्जन गरेको आरोपमा वन निर्देशनालय धनगढीका निमित्त वन निर्देशक पदमा कार्यरत हेम राज बिष्ट विरुद्ध ६ करोड ८७ लाख ५७ हजार रुपैयाँ विगो सहित आयोगले मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्ती हिनामिना गरेको आरोपमा साल्ट ट्रेडिङ कर्पोरशन, सल्यान मल बिक्री केन्द्रका इन्चार्ज तत्कालीन जुनियर सहायक विजय कुमार पासवान विरुद्ध १८ लाख ७६ हजार रुपैयाँ विगो दावी गरी मुद्दा दायर गरको छ ।
यसैगरी, माघमा ९ जना विरुद्ध सार्वजनिक सम्पत्ति हिनामिना गरेको र भैष्टाचार गरेको आरोपमा आयोगले मुद्दा दायर गरेको छ । जसमा वडा सदस्य, वडाध्यक्ष सचिव, सह न्यायाधिवक्ता, हेल्थ असिस्टेन्ट सम्म रहेका छन् ।
साथै सोही महिना राजस्व चुहावटको आरोपमा खानी तथा भूगर्भ बिभागका महानिर्देशक राम प्रसाद घिमिरेसमेत १८ जना तथा ९ कम्पनी विरुद्ध १ अर्ब २४ करोड ४५ लाख २६ हजार रुपैयाँ विगो दावी सहित मुद्दा दायर गरेको आयोगको तथ्याङकमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस