aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

राजनीतिक आडमा बाल संगठनका अर्बौंका जग्गा कब्जा

  • सम्झना बरुवाल
    सम्झना बरुवाल
  • सोमबार, ०२ फागुन २०७८
राजनीतिक आडमा बाल संगठनका अर्बौंका जग्गा कब्जा

काठमाडौं । राजनीतिक आडमा बाल संगठनको अर्बौको जग्गा कब्जा भएको छ । देशभरि नै बाल संगठनको जग्गा रहेको छ । तर बाल संगठनको धेरैजसो जग्गाहरु अन्य व्यक्ति र संस्थाहरुले प्रयोग गरिरहेका छन् । 

जग्गा बाहेक बाल संगठनका भवनहरु पनि रहेको बाल संगठनकी अध्यक्ष विद्या उपाध्याय न्यौपानेले बताइन् । उनले भनिन्, ‘जग्गा बाहेक बाल संगठनका भवनहरु पनि रहेका छन् । काठमाडौं, इलाम, भद्रपुर, कैलाली कञ्चनपुर, लुम्बिनी, रौतहट, कपिलवस्तु, रुकुम पश्चिम लगायत तराईका धेरै जिल्लाहरुमा बाल संगठनका जग्गाहरु रहेका छन् ।’

उनका अनुसार धेरैजसो जग्गाहरु भाडा पनि नतिरि अरुले कब्जा गरिरहेका छन् । उनी भन्छिन्, ‘बाल संगठनका धेरैजसो जग्गाहरु भाडा पनि नतिरी, कुनै सम्झौैता नै नगरी जबरजस्ती रुपमा कब्जा गरेर चलाएका छन् । संगठनको सम्पत्ति खोजी गर्दै हामीले डेढ वर्षको बिचमा हामीले कागजपत्र मागेका छौ । कागज पनि दिएका छैनन् ।’

बाल संगठनको पुरानो कार्य समितिले कुनै पनि कागजपत्र नबुझाएका कारण जग्गा कहाँ कति कसले प्रयोग गरिरहेको छ भन्ने खोजीगर्न पनि गाह्रो भएको उनले गुनासो गरिन् ।  उनी भन्छिन्, ‘पुरानो कार्यसमितले केही पनि कागजपत्र बुझाएन । हामीसँग जग्गा माग्ने स्रोत पनि छैन । मालपोतले पनि सबै जानकारी दिन सक्दैन । मालपोतमा प्रतिकुलता पनि छ । सरकारी कार्यालयमा जनताले त धेरै दुख पाइरहेका छन् यो त झन् संस्था हो । त्यति सजिलो छैन ।’

बाल संठगनको जग्गाको खोजी गर्न पहल गरिरहेको उनले सुनाइन् । न्यौपानेले भनिन्, ‘ पूर्व राज परिवारसँग पनि केही कागजहरु भए पाउँ भनि पहल गरिरहेको छु । पुराना डकुमेन्ट पाएका छैनौ खोजी जारी छ । भोलिको पुस्ताले मैले जसरी दुख नपाउन् । बाल संठगन के हो नभेर वेभसाइटमा देखिने गरी अपडेट गदैछौ ।’

उनका अनुसार वार्षिक रुपमा वुहस्पति स्कुलले लिएको २८ रोपनी जग्गा बाट ९० लाख रुपैयाँ भाडा तिर्ने गरेको छ । भने अन्य ठाउँको जग्गाबाट पनि थोरै आम्दानी हुने गरेको छ । शक्ति र पहुँको आडमा बाल संगठनको सम्पत्ति हडपेको न्यौपानेको आरोप छ । उनी भन्छिन्, ‘जो कोहीले बाल संगठनकोे जग्गा हडप्न सक्दैनन् । शक्ति भएकाहरुले गरि खा भनेर आफ्नो जग्गा दिए जसरी बाल संगठनको जग्गा दिएको पनि देखिएको छ ।’

अख्तियारी गरि बाल संगठनको नाममा रहेको जग्गा स्कुलको नाममा गरिदिएको उनले बताइन् । उनी भन्छिन्, ‘चरम लापरवाहीको कारण गोरखामा बाल संगठनको नाममा रहेको जग्गा स्कुलको नाममा नामसारी गरियो  । धेरै जसो जग्गाहरु कार्यसमितिसँग सम्बन्धीत व्यक्तिहरुले नै जग्गा कब्जा गरेको पाइएको छ ।’

उनका अनुसार बाल संगठनको एकाधिकार भएको जग्गा आठ ठाउँमा मात्र छ । बाँकी सबै जग्गाहरु अरु कै कब्जामा रहेको छ । उनी भन्छिन्, ‘कागजपत्रहरु माग्दा दिएका छैनन् । रेडक्रसले कपिलवस्तुमा बाल संगठनको जग्गा भाडामा लगाएर बसेको छ । जग्गा हाम्रो नाममा छ । भाडा अरुले लगाएर खाएका छन् । कुनै ठाउँको जग्गा त्यहाँका जनप्रतिनिधि र व्यवस्थापन समूह मिलेर आफैले सम्झौता गरेर चलाएका पनि छन् । पाँचखाल नगरपालिकाले पनि बाल संगठनको जग्गा आफैले सम्झौता गरेर १० वर्षका लागि संस्थालाई दिएको छ ।’

कास्कीको एउटा विद्यालयले सबै जग्गा कब्जा गरेर बसेको उनले सुनाइन् । उनले भनिन्, ‘गोरखामा पनि हाम्रो बालगृह छ तर जग्गा अर्केको नाममा गरिदिएको छ ।  कास्कीको एउटा विद्यालयले सबै जग्गा कब्जा गरेर बसेको छ । जिल्लाका  जनप्रतिनिधिहरुसँग कागजपत्र मागेका छौ, तर कसैसँग छैन ।’

उनका अनुसार यस अघिको कार्यसमितिले करोडौको मूल्य पर्ने एक विगा जग्गाको भाडा पनि दुई हजार रुपैयाँ मात्र लिने पाइयो । त्यति मात्र नभएर बाल संगठनको जग्गामा सुकुम्बासीलाई जसरी छाप्रो हालेर प्रत्येकसँग एक हजार रुपैयाँ भाडा लिने गरेको समेत उनले जानकारी दिइन् । 

उनी भन्छिन्, ‘सबै सम्झौताहरु ब्रेक गर्नुपर्ने छ । सम्झौता संशोधन गर्न मानेन् भने जग्गा बेच्नुपर्यो । वुहस्पति स्कुललाई एक वर्षको समय दिएको थिए । सम्झौता संशोधन गर्न तर मानेको छैन् । बाल संगठन लागि छुट्टै संसार बनाउन सकिने थियो । बाल संठगठनले बाल बालबालिका लागि धेरै काम गर्न सक्थ्यो । तर शक्ति र पहँचको आडमा बाल संगठनको जग्गाको दुरुपयोग भएको छ । ’

मेचीदेखि महाकालीसम्मका सबै वर्गको कार्यक्रम रहेको बाल संगठनमा बाल बालिकाको बिचमा क्लास खडा गरिएको उनको भनाइ छ । उनी भन्छिन्, ‘बाल संगठनको नाममा रहेको जग्गा ल्याउनका गैरकानुुनी रुपमा हडपेका जग्गाहरुको सम्झौता ब्रेक गर्न लागेका छौ । बाल संगठनको जग्गा भोलिका पुस्तालाई जोगाउन हामीले एक्सन लिएका छौ । जनताहरुको स्मृतिमा हराएको बाल संगठनको सम्पत्ति जोगाउने क्रममा उपभोग गर्नेहरुसँग डिल गरिरहेका छौ ।’ 

बाल सम्पत्तीको सम्पत्ति जोगाउनु हाम्रो दायित्व हो उनले भनिन् । उनी भन्छिन,‘अब नयाँ सम्झौता गरेर अघि बढ्छौ । बनाइसकेका संरचनाहरु भत्काउन पनि मिल्दैन । अब व्यक्ति भन्दा पनि कानुन बाटोबाट भिड्ने ।’  

विभिन्न संस्थाहरुले कानुन सम्वत् ढंगले गैरकानुनी रुपमा काम गरिरहेको उनको दावी छ । उनी भन्छिन्, ‘देख्नलाई सबै कागज कानुनी भए पनि काम भने कागजमा मिलाएर गरिरहेका छन् । तर यँँत कागज पनि मिलाएका छन् लालपुर्जा हाम्रो नाममा भएको जग्गालाई पनि सरकारी जग्गा भन्दै अरुलाई दिएको पाइएको छ ।’

प्रतिक्रिया दिनुहोस