aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

कोटेश्वरमा बसको ठक्करबाट एक जनाको मृत्यु

  • रासस
    रासस
  • आइतबार, १२ साउन २०७६
कोटेश्वरमा बसको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँको कोटेश्वरमा बसको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारीअनुसार कोटेश्वरमा बाटो काट्ने क्रममा जडीबुटीबाट तिनकुनेतर्फ आउँदै गरेको बा४ख ३२५८ नम्बरको बसले ठक्कर दिँदा सन्धुलीका ४५ वर्षीय राम भुजेलको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर भएका उनको निजामती अस्पताल बानेश्वरमा उपचारका क्रममा मृत्यु भएको कोटेश्वरका ट्राफिक प्रहरी निरीक्षक सुरेश ठाकुरले जानकारी दिए । बसका चालक सिन्धुपाल्चोकका कमल बस्नेतलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस