aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

मन्त्री आलेसहित ९ जना विरुद्धको मुद्दाको फैसला आयो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०३ फागुन २०७८
मन्त्री आलेसहित ९ जना विरुद्धको मुद्दाको फैसला आयो

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेसहित ९ जना विरुद्ध अदालतमा परेको अपहेलाना मुद्दामा काराण देखाउ आदेश जारी भएको छ ।  पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) डा. धनञ्जय रेग्मीले पर्यटनमन्त्री प्रेमबहादुर आले सहित ९ जना विरुद्ध सर्वोच्च अदालतमा दायर गरेको मुद्दामा कारण देखाउ आदेश जारी भएको हो  । मंगलबार न्यायाधीश कुमार रेग्मीको इजलासले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको सीइओ डा. रेग्मीले जानकारी दिए । 

उनले भने, ‘ अपहेलनाको मुद्दामा आज कारण देखाउ आदेश जारी भएको सुने अब मन्त्री आलेसहित ९ जना पनि अदालतमा उपस्थिति हुने गरि फैसला भएको छ ।' मन्त्री आलेले आफूलाई सार्वजनिक रुपमै बोर्डको वार्षिकोत्व कार्यक्रममा आफ्नो मानमर्दन हुने गरि गालिगलौज गरि अदालतमा विचाराधिन मुद्दा रहेका बेलामा अदालतको समेत मर्यादामा आँच पुगेको डा.रेग्मीले दाबी गरेका थिए ।

रेग्मीले दायर गरेको मुद्दामा बोर्डका अध्यक्ष महेश्वर न्यौपाने, उपाध्यक्ष चन्द्रप्रसाद रिजाल, सदस्यहरु पद्यादेवी पौडेल धमला, विप्लव पौडेल, डावाडिमा शेर्पा, कृष्णकुमार शाह, तारानाथ अधिकारी, होमप्रसाद लुइटेललाई विपक्षी बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस