aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

रुस र युक्रेनबीच तनाव बढ्दै जाँदा युक्रेन छोड्ने बढ्न थाले

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०३ फागुन २०७८
रुस र युक्रेनबीच तनाव बढ्दै जाँदा युक्रेन छोड्ने बढ्न थाले

एजेन्सी । भारतले आफ्ना नागरिकहरूलाई युक्रेन छोड्न सल्लाह दिएको छ । कीभस्थित भारतीय दूतावासले युक्रेनमा रहेका भारतीय विद्यार्थीहरूलाई अस्थायी रूपमा स्वदेश फर्किन विशेष आग्रह गरेको हो । युक्रेन र रुसबीच जारी तनाव युद्धमा परिणत हुने सम्भावनाका कारण यो सल्लाह दिइएको हो । यस तनावका कारण अमेरिका, बेलायत, नर्वे, जापान, लाटभिया र डेनमार्कले आफ्ना नागरिकहरूलाई युक्रेन छोड्न भनेका छन् ।

भारतीय दूतावासले युक्रेनमा रहेका भारतीयहरूलाई युक्रेन छोड्न सल्लाहकार पत्र पठाएको छ । पत्रमा युक्रेनको वर्तमान अनिश्चित वातावरणलाई ध्यानमा राख्दै भारतीय नागरिकहरू विशेष गरी विद्यार्थीहरूलाई युक्रेन छोडेर अस्थायी रूपमा स्वदेश फर्कन सल्लाह दिइएको छ । पत्रमा भारतीय नागरिकलाई आवश्यक कामबिना युक्रेन नजान र त्यहाँ उपस्थित नागरिकले अनावश्यक रूपमा घरबाहिर ननिस्कन पनि भनिएको छ ।

दूतावासले युक्रेनमा रहेका सबै भारतीय नागरिकलाई आफ्नो उपस्थितिबारे दूतावासलाई जानकारी गराई आवश्यक परेमा सहयोग गर्न अपिल गरेको छ । भारतीय दूतावासले आफ्ना नागरिकहरूलाई सहयोग गर्न युक्रेनमा आफ्नो सामान्य कामलाई निरन्तरता दिने बताएको छ ।

युक्रेनमा अधिकांश भारतीय विद्यार्थी आन्ध्र प्रदेश, तेलंगाना, केरला, पञ्जाब र राजस्थानका छन् । युक्रेनमा अधिकांश भारतीय विद्यार्थी आन्ध्र प्रदेश, तेलंगाना, केरला, पञ्जाब र राजस्थानका छन् ।

युक्रेनमा इन्जिनियरिङ र मेडिसिन अध्ययन गरिरहेका २० हजारभन्दा बढी भारतीय विद्यार्थी विवादका कारण पूर्वी युरोपमा युद्धको सम्भावनाबीच समस्यामा परेका छन् । यी अधिकांश विद्यार्थीहरू आन्ध्र प्रदेश, तेलंगाना, केरला, पञ्जाब र राजस्थानका हुन्। यी विद्यार्थीहरूलाई भारत फिर्ता ल्याउन दिल्लीस्थित राष्ट्रपतिको सचिवालयमा निवेदन पनि परेको छ । 

दायर निवेदनमा भनिएको छ– देशभरबाट १८ देखि २० हजार भारतीय विद्यार्थी अध्ययनका लागि युक्रेनको विभिन्न विश्वविद्यालयमा गएका छन् । उनको जीवनसँग जोडिएको यो गम्भीर विषयमा भारत सरकारले अहिलेसम्म कुनै कारबाही गरेको छैन ।

रुसले युक्रेनको सिमानामा एक लाखभन्दा बढी सैनिक जम्मा गरेको छ । यसले क्षेत्रमा युद्धको सम्भावना बढेको छ । रुसले युक्रेनमा आक्रमण गर्ने योजना बनाएको कुरालाई निरन्तर अस्वीकार गर्दै आएको छ । तर, अमेरिका र उसका नाटो सहयोगीहरूले रुस युद्धतर्फ अघि बढिरहेको र त्यसको तयारी गरिरहेको विश्वास गरेको छ । अर्कोतर्फ, रुसको मुख्य मागमा युक्रेनलाई नेटोमा समावेश नगर्ने र रुसलाई खतरामा पार्न सक्ने यस्ता हतियार क्षेत्रबाट हटाउनु परेको छ ।
 

प्रतिक्रिया दिनुहोस