aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

लर्ड बुद्ध फाउण्डेसनको ब्राण्ड एम्बेसडरमा प्रदिप खड्का

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ साउन २०७६
लर्ड बुद्ध फाउण्डेसनको ब्राण्ड एम्बेसडरमा प्रदिप खड्का

काठमाडौं । नेपालकाे पहिलाे सूचना प्रविधि अध्ययन अध्यापन गराउने संस्था लर्डबुद्ध एडुकेशन फाउण्डेसनको ब्राण्ड एम्बेसडरमा कलाकार तथा उक्त संस्थाको पूर्वविद्यार्थी प्रदिप खड्कालाई आबद्ध गराएको छ ।

शैक्षिक संस्थाहरुको माझमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको याे संस्थामा हाल एक हजार विद्यार्थी अध्ययन गरिरहेका छन् भने यहाबाट  ८ हजार विद्यार्थीले उच्च शिक्षा हासिल गरिसकेका छन् । यस संस्थाले एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड इनोभेसन मलेसियाको सम्बद्धनमा सूचना प्रविधि र व्यबस्थापन संकायसमेत सञ्चालन गरिहेको  सस्थाले बताएको छ । 

लर्ड बुद्घ एडुकेशन फाउन्डेसन नेपालमा सूचना प्रविधी अध्ययन अध्यापन गराउने नेपालको पहिलो नीजि संस्था हो । गुणस्तरिय उच्च शिक्षा प्रदान गर्ने उद्देश्यका साथ सन् १९९८ मा स्थापना गरिएको यस संस्थाले उच्च शिक्षाका क्षेत्रमा उल्लेखनिय योगदान दिइरहेको छ ।

एलबीइएफ ग्रुप अफ इन्स्टिच्यटले सन २०१५देखि एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड इनोभेसन मलेसिया आवद्ध विएससी अनर्र इनफरमेसन टेक्नोलोजी कक्षाहरु सञ्चालन गर्दै आएको छ । हाल बजारमा माग भइरहेका दक्ष कामदारहरुको परिपूर्ति गर्न एलबीएफ ग्रुपले क्याउड कम्प्युटिङ, नेटवर्किङ कम्प्यटिङ, मोबाइल टेक्नोलोजी,इन्टरनेट अफ थिङसका कोर्सहरु सञ्चानल गरिहेको कलेजले जनाएको छ ।  

पाटन कलेज अफ प्रफेसनल स्टडिज लर्ड बुद्धको भगिनि सस्था हो । उक्त संस्थाले हाल युनिभर्सिटी अफ बेडफर्डसायर युकेको विश्वविद्यालयसँगको सहकार्यमा बीबीए, बीएससी, कम्प्युटर साइन्स एण्ड सफ्टवेयर इन्जिनियरिङका कक्षाहरु सञ्चालन गराइरहेको छ ।

यसैगरि, पाटन कलेज अफ प्रोफेसनल स्टडिजले यहि अगस्ट १० गते (श्रावण २५ गते) ओपन हाउस इभेन्ट सञ्चालन गर्ने भएको छ । जसमा सहभागिहरुले विभिन्न सांगितिक प्रस्तुतिहरुको साथै मनोरञ्जनात्मक खेलहरु, दक्ष ब्यक्तिहरुबाट करियर गाइडेन्स गराइने जनाएको छ ।
 


 

प्रतिक्रिया दिनुहोस