
काठमाडौं । नेपाली काग्रेसका नेतृत्वको सरकारलाई एमसीसी गलपासो भएको छ । आज बुधबार प्रतिनिधिसभामा एमसीसी पास गर्नका लागि टेबल गर्ने भनेपछि गठबन्धनका दलहरुले सरकार छोड्ने निर्णय गर्न थालेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसी टेबल भएर पास गराए सरकार छोड्ने निर्णय गरेको छ ।
दाहालले एमसीसी ससदबाट पास हुनबाट रोक्न अन्तिम प्रयासमा जुटेको र यदि सबैसँगको सहमति विना एमसीसी पास गर्न खोजे आफूहरु सरकारबाट बाहिरीने बताएका छन् । त्यसका लागि अध्यक्ष दाहाल पार्टी संसदीय दलको बैठक लगत्तै प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा भेट्न बालुवाटार पुगेका छन् ।
बुधबार विहान बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले संशोधन विमान एमसीसी पारित गर्न नहुने अडान कायमै राख्दै जबरजस्ती गरिए सरकार छाड्ने निर्णय यसअघि नै बताउँदै आएको थियो ।
प्रतिक्रिया दिनुहोस