aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

प्राविधिक असफलतापछि विमान दुर्घटनाग्रस्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०४ फागुन २०७८
प्राविधिक असफलतापछि विमान दुर्घटनाग्रस्त

याङगुन । म्यानमारमा बुधबार बिहान देशको उत्तर भागमा उडान गर्न लाग्दा एक सैन्य जेट “प्राविधिक विफलता“ पछि दुर्घटनाग्रस्त भएको सरकारको सूचना टोलीले एक विज्ञप्तिमार्फत जनाएको छ । 

मन्डालयनजिकैको टाडा–यू एयर फोर्स बेसबाट उडान गरिरहेको जेटले “आज बिहान १०ः४३ बजेसम्पर्क विच्छेद  गरेपछि सागिङ क्षेत्रमा दुर्घटनाग्रस्त भएको विज्ञप्तिमा जनाइएको छ । पाइलटको खोजी र उद्धारकार्य भइरहेको जनाइएको छ । जारी विज्ञप्तिका अनुसार पाइलटले गैर–लडाई प्रशिक्षण मिसन उडान गरिरहेको थियो ।

गत जुनमा, एक धार्मिक कार्यक्रममा एक वरिष्ठ भिक्षु र धेरै दाताहरूलाई लिएर म्यानमारको सैन्य विमान देशको मध्य क्षेत्रमा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो । सन् २०१७ मा एक सैन्य विमान अण्डमान सागरमा भएको दुर्घटना देशको इतिहासमा सबैभन्दा घातक उड्डयन दुर्घटनाहरू मध्ये एक रहेको थियो । यस विमानमा रहेका सबै १२२ व्यक्तिको मृत्यु भएको थियो ।  यस दुर्घटनाको कारण अधिकारीहरूले खराब मौसमलाई दिएका थिए ।

प्रतिक्रिया दिनुहोस