
एजेन्सी । भारतीय नेशनल स्टक एक्सचेन्ज (एनएसई)का पूर्व सीईओ चित्रा रामकृष्णको मुम्बईस्थित घरमा आयकर छापा मारिएको छ । उनीमाथि आध्यात्मिक गुरुसँग गोप्य जानकारी आदानप्रदान गरेको आरोप छ । फेब्रुअरी ११ मा, सेबीले रामकृष्णलाई जरिवाना लगाएको थियो । बजार नियामकले चित्रालाई एक्सचेन्जको गोप्य सूचना अज्ञात व्यक्तिसँग बाँडेको भन्दै तीन करोड रुपैयाँ जरिवाना गरेको थियो ।
रामकृष्णले डिसेम्बर २०१६ मा सीईओ पदबाट राजीनामा दिएका थिए । चित्रा रामकृष्ण हिमालयका अदृश्य योगीको सल्लाहमा निर्णय गर्थे । यस बाबाको सल्लाहमा उनले आनन्द सुब्रमण्यमलाई एक्सचेन्जमा ग्रुप अपरेटिङ अफिसर र प्रबन्ध निर्देशकको सल्लाहकार नियुक्त गरेकी थिइन ।
चित्रा रामकृष्ण अप्रिल २०१३ देखि डिसेम्बर २०१६ सम्म एनएसइको एमडि÷सिइओ थिइन् । यस क्रममा उनी नाम नभएका योगीबाट प्रभावित भएर निर्णय दिन्थिन् । चित्रा योगी शिरोमणि भनेर सम्बोधन गर्थिन्, जो उनको अनुसार आध्यात्मिक शक्ति हुन् र विगत २० वर्षदेखि व्यक्तिगत र व्यावसायिक मामिलामा उनको मार्गदर्शन गर्दै आएकी थिइन ।
प्रतिक्रिया दिनुहोस