aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

सात महिनामा आयल निगमले बेहोर्यो २४ अर्ब नोक्सानी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ फागुन २०७८
सात महिनामा आयल निगमले बेहोर्यो २४ अर्ब नोक्सानी

काठमाडौं । नेपाल आयल निगमले चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा करिब २४ अर्ब रुपैयाँ नोक्सानी व्यहोरी सकेको जनाएको छ । निगमका सह प्रवक्ता पुस्कर कार्कीका अनुसार चालू आर्थिक वर्षको सात महिनामा उक्त निगमले करिब २४ अर्ब रुपैयाँ नोक्सानी बेहोर्न बाध्य भएको हो । 

निगमका अनुसार पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज बनाइ राख्न पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१ बमोजिम सानो अंशले मूल्य समायोजन गर्दा पनि प्रति महिना निगमले चार अर्ब रुपैयाँ भन्दा बढी ऋण लिनुपर्ने बाध्यात्मक अवस्था रहेको छ । 

त्यस्तै, निगमको सञ्चिती रकम र अन्य दायित्व रकमहरु सबै पेट्रोलियम पदार्थको खरिदमा सकिएपछि पछिल्लो समय नेपाल सरकार मातहतमा रहेको मूल्य स्थिरीकरण कोषबाट समेत एक अर्ब ८० करोड प्राप्त गरि निगमले इण्डियन आयल निगम कर्पोरेशनलाई पेट्रोलियम पदार्थ खरिद वापतको रकम भुक्तानी गरिएको थियो । पेट्रोलियम पदार्थ खरिद वापत आवश्यक पर्ने रकम जुटाई आपूर्ति व्यवस्था सहज बनाई राख्न आगामी दिनहरुमा निगमलाई थप कठिनाई हुने देखिन्छ ।  


 

प्रतिक्रिया दिनुहोस