
एजेन्सी । अमेरिकी व्यापार प्रतिनिधिले चीन बारम्बार व्यापार प्रतिबद्धताहरू पूरा गर्न असफल भएको आरोप लगाएको छ । बुधबार अमेरिकी व्यापार प्रतिनिधिले विश्व व्यापार संगठन (डब्लूटिओ) को सदस्यताका लागि चीन र संगठनबीच भएको सम्झौताको पालनाको वार्षिक समीक्षा जारी गरेको थियो । जसमा यो भनिएको थियो । चीनले यो सम्झौताको समर्थक र विश्व व्यापार संगठनको महत्वपूर्ण सहयोगी भएको बताएको छ ।
क्याथरिन ताईलाई राष्ट्रपति बिडेनको प्रशासनमा शीर्ष अमेरिकी व्यापार वार्ताकारको रूपमा नियुक्त गरिएको थियो । क्याथरिन ताईले पदभार ग्रहण गरेपछि यो पहिलो रिपोर्ट हो । प्रतिवेदनले चीनको व्यापार नीतिप्रति अमेरिकी चिन्ता व्यक्त गरेको छ ।
वास्तवमा, चीनले महत्त्वपूर्ण ठानेका उद्योगहरूलाई अनुदान दिन्छ । साथै विदेशी कम्पनीहरूको चीनमा व्यापार गर्ने क्षमतामा प्रतिबन्ध र बौद्धिक सम्पत्ति अधिकारको संरक्षणको अभाव अमेरिकाको लागि चिन्ताको विषय हो ।
चीनले “समाजवादी बजार अर्थतन्त्र“ निर्माण गरिरहेको छ जसले बजार शक्तिहरूलाई स्रोतको बाँडफाँड निर्धारण गर्न र सरकारलाई “राम्रो भूमिका खेल्न“ अनुमति दिन्छ । “चीनले आफ्नो अर्थतन्त्रमा राज्य–नेतृत्व र गैर–बजारको दृष्टिकोण अपनाएकोले, चीनको व्यापार समयसँगै बढेको छ । र परिणामस्वरूप व्यापार घाटाले अमेरिकी कम्पनीहरू र कामदारहरूलाई गम्भीर चोट पु¥याएको छ,’’ प्रतिवेदनमा भनिएको छ ।
प्रतिवेदनका अनुसार अमेरिकाले डब्ल्यूटीओमा चीन विरुद्ध २७ वटा मुद्दा हालेको छ र सबैमा अमेरिकाले जितेको छ तर पनि चीनले भने कुनै सुधार गरेको छैन । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको पालामा सुरु भएको यो व्यापार युद्धमा विश्वका दुई ठूला अर्थतन्त्रले एकअर्काको आयात र निर्यातमा बढीभन्दा बढी कर लगाउन थाले । यसका बाबजुद पनि दुई देशबीचको व्यापार बढेर गएको वर्ष ६५७.४ अर्ब डलर पुगेको छ ।
क्रिस मोरिस बीबीसीका ग्लोबल ट्रेड संवाददाता हुन् र लामो समयदेखि दुई देशबीचको व्यापार युद्धलाई पछ्याउँदै आएका छन् । उनी भन्छन्, “चीन र अमेरिकाबीचको व्यापारिक सम्बन्ध विश्वको सबैभन्दा महत्वपूर्ण द्विपक्षीय सम्बन्धमध्ये एक हो । यसले विश्वका सबै देशलाई असर गरिरहेको छ, र दुई देशबीचको सम्बन्ध थप बिग्रँदै गएको छ ।’’
अमेरिकाले पाँच वर्षअघिको तुलनामा चीनले अमेरिकाबाट कम खरिद गरिरहेको बताएको छ । विश्व व्यापार सङ्गठनजस्ता बहुपक्षीय व्यापारिक मञ्चमा रहेको यो द्विपक्षीय व्यापार सम्बन्धलाई हेर्दा विश्वका दुई ठूला अर्थतन्त्रबीचको सम्बन्ध अगाडि बढेको देखिँदैन तर अड्किएको देखिन्छ ।
दुबै देशले करबाट फाइदा उठाएको कुनै प्रमाण छैन, न त दुबै पक्षबाट करको अन्त्य हुने कुनै सम्भावना छ । अमेरिका र चीन दुई एकदमै फरक आर्थिक प्रणाली भएका देश हुन् र दुई देशबीचको यही वैमनस्यले २१औँ शताब्दीको नयाँ परिभाषा निर्धारण गर्नेछ । डोनाल्ड ट्रम्पको शासनकालमा विश्व व्यापार संगठनका लागि अमेरिकी राजदूत डेनिस शिले बीबीसीलाई भने कि दुई पक्षबीच २०२० मा व्यापार सम्झौता भएको थियो ।
उनी भन्छन्, ‘पहिलो चरणको यो सम्झौतामा हाम्रो प्रयास थियो कि चीनले अमेरिकाका लागि पनि त्यस्तै गर्नुपर्छ र अमेरिकाले चिनियाँ कम्पनीहरूलाई व्यापारको मामिलामा जुन स्वतन्त्रता दिन्छ, त्यही स्वतन्त्रता दिनुपर्छ ।
“यो चाखलाग्दो छ कि राजदूत ताई र बिडेन प्रशासन अझै पनि समान सम्झौता कार्यान्वयन गर्न काम गरिरहेका छन् ।’ सन् २०२० मा भएको सम्झौतामा अमेरिकाले चीनमा लगाइएका केही करहरू घटाएको थियो र चीनले सन् २०१७ को तुलनामा अमेरिकाबाट २०० अर्ब डलरले आयात बढाउने सहमति गरेको थियो ।
चीन सरकारका प्रवक्ता लिउ पेङयुले अमेरिकासँगको व्यापार बढ्दै गएको र पहिलो चरणको सम्झौताबाट अमेरिका र बाँकी विश्व लाभान्वित भएको बताएका छन् । उनले भने, ‘जुनसुकै मतभेद वार्ताबाट समाधान गर्न सकिन्छ ।
उनले भने, “कोविड–१९, विश्वव्यापी आर्थिक मन्दी, आपूर्ति र अमेरिकी सरकारको निरन्तर प्रतिबन्धका बाबजुद चीनले संयुक्त सम्झौतामा काम गरिरहेको छ ।’’ वासिङ्टनको पिटरसन इन्स्टिच्युट अफ इन्टरनेशनल इकोनोमिक्सका चाड बाउनको अनुसन्धानका अनुसार चीनले यीमध्ये कुनै पनि अतिरिक्त खरिद गरेको छैन । चाड बाउनले भने, “अमेरिका–चीन व्यापार सम्बन्ध चाँडै सुधार हुने कुनै सङ्केत छैन, तर यसको मतलब यो होइन कि उनीहरू बिग्रने कगारमा छन्,“ चाड बाउनले बीबीसीलाई भने । “राष्ट्रपति ट्रम्पको विपरीत, बिडेन प्रशासनले व्यापार युद्ध बढाउने र अरबौं डलरको व्यापारमा नयाँ शुल्क लगाउने धम्की दिइरहेको छैनन ।’’
यी दुई देशबीचको मतभेदलाई विश्व व्यापार संगठनले सुल्झाउन सक्छ भन्ने लाग्दैन । डब्ल्यूटीओको मुख्य विवाद समाधान प्रणाली, पुनरावेदन निकायले डिसेम्बर २०१९ देखि काम गर्न सकेको छैन किनभने अमेरिकाले नयाँ न्यायाधीशहरूको नियुक्तिमा बारम्बार रोक लगाएको छ ।
युएसटीआर प्रतिवेदनमा भनिएको छ, “राज्यको नेतृत्वमा अर्थतन्त्र र व्यापारमा चीनको गैर–बजार दृष्टिकोणबाट उत्पन्न हुने धेरै समस्याहरूका लागि ध्त्इ बाट स्वतन्त्र समाधानको आवश्यकता सहित नयाँ रणनीतिहरू आवश्यक छ ।’’ शिया भन्छन्,‘‘अमेरिकामा बढ्दो चिनियाँ निर्यात र परिणामस्वरूप अमेरिकी व्यापार घाटा अमेरिकी उपभोक्ताहरू चिनियाँ सामानहरू सस्तोमा प्रयोग गर्ने कारण मात्र होइन । बीबीसी हिन्दी
प्रतिक्रिया दिनुहोस