aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्वनासु श्रेष्ठले गरे आत्महत्या

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ साउन २०७६
ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्वनासु श्रेष्ठले गरे आत्महत्या

काठमाडौं । बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्वनायब सुब्बा युक्तप्रसाद श्रेष्ठले आत्महत्या गरेका छन् ।

माछापोखरीको हिमालय सिटी सपिङ सेन्टरको ८ औं तलाबाट उनले हामफालेर आत्महत्या गरेका हुन् । काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले श्रेष्ठ मृत भेटिएको पुष्टि गरे ।

पर्वतको फलेवास–७ का ५७ वर्षीय युक्तप्रसाद श्रेष्ठ आठौं तलाबाट खसेको  थियाे । दिउँसो २ बजे पिपल्स अस्ताल पठाइएकोमा अस्पतालले मृत घोषणा गरेको महानगरीय प्रहरी वृत बालाजुका प्रहरी निरीक्षक  ईश्वर थापाले जानकारी दिए। 

उनले आत्महत्या गरेका हुन् या अन्य कारणले खसेर मृत्यु भएको अनुसन्धान जारी छ।

प्रतिक्रिया दिनुहोस