aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०६ फागुन २०७८
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु सार्वजनिक गरेको छ । बिहिबारको बैठकले राष्ट्रिय बीमा संस्थान सञ्चालक समितिका अध्यक्ष गंगाराम कंडेलको राजीनामा स्वीकृत गर्ने लगायत विभिन्न निर्णयहरु गरेको छ । 

त्यस्तै, बैठकमा कोरोना भाइरस आकस्मिक प्रतिकार्य तथा जनस्वास्थ्य जोखिमको पूर्वतयारी परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने अमेरिकी डलर १८ मिलियन (करिब २ अर्ब १४ करोड) थप ऋण सहायत स्वीकार गर्ने निर्णय भएको छ ।  

त्यसैगरि, काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं. ३ स्थित गोविन्द मगरले पन्छी पालेको स्थान र चितवन जिल्लाको राप्ती नगरपालिका वडा नं. ६ स्थित अनिता पशुपन्छी कृषि फार्मलाई केन्द्र मानी यी स्थानको वरिपरिको एक सय मिटरसम्मको क्षेत्रमा पन्छी नष्ट गर्ने कार्य समाप्त भएको मितिबाट बयालिस दिन अवधिसम्मको लागि बर्ड फ्लु प्रभावित क्षेत्र घोषणा गरी रोग नियन्त्रण गर्ने निर्णय भएको छ । 

यी हुन् निर्णयहरु  

 

 
 

प्रतिक्रिया दिनुहोस