aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

सिकिस्त बिरामी छ, देशकै जेठो अस्पताल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १३ साउन २०७६
सिकिस्त बिरामी छ, देशकै जेठो अस्पताल

मुलुकको सबैभन्दा जेठो अस्पतालका रूपमा रहेको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल आफैं बिरामीजस्तो बन्न पुगेको छ । आइतबारबाट १३०औं वर्षमा प्रवेश गरिरहँदा अस्पताल विभिन्न समस्या भोग्न बाध्य देखिएको छ ।

स्वास्थ्य सेवामा नागरिकको पहुँच स्थापित गर्ने उद्देश्यले तत्कालीन प्रधानमन्त्री वीर शमशेरले १२ साउन १९४६ मा स्थापना गरेको वीर अस्पताल मुलुककै सबैभन्दा ठूलो अस्पताल हो ।

पर्याप्त बजेट र जनशक्ति अभावमा वीर अस्पताल अहिले बिरामीजस्तै भएको हो । आन्तरिक आम्दानी कम भएपछि वीर अस्पताल सरकारको अनुदानमा भर परेको छ । तर, सरकारले बेवास्ता गर्दा अस्पताल विभिन्न समस्या भोग्न बाध्य हुँदै आएको छ ।

अस्पतालमा अत्याधुनिक उपचार प्रविधिसँगै रक्त क्यान्सर, क्यान्सर स्क्यानिङ, हेमोडाइलाइसिस, एचआईभी तथा हेपाटाइटिस पोजेटिभजस्ता गम्भीर प्रकृतिका रोगको उपचार सेवासमेत उपलब्ध छ । तर, आवश्यक जनशक्ति र पर्याप्त बजेट अभावका कारण बिरामीले सहज र सरल तरिकाले सेवा पाउन सकेका छैनन् । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस