aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 

सेबोनका नवनियुक्त अध्यक्षलाई अर्थमन्त्रीको निर्देशन, कसैको प्रभावमा नपरि काम गर्नुहोस

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०६ फागुन २०७८
सेबोनका नवनियुक्त अध्यक्षलाई अर्थमन्त्रीको निर्देशन, कसैको प्रभावमा नपरि काम गर्नुहोस

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कसैको प्रभावमा नपरी स्वतन्त्र रूपमा काम गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष रमेशकुमार हमाललाई निर्देशन दिएका छन  । शुक्रबार अर्थ मन्त्रालयमा शपथ ग्रहण गराउनुहुँदै उनले पुँजी बजारलाई सुधारका लागि स्वतन्त्र भएर काम गर्न निर्देशन दिएका हुन ।

‘पुँजीबजारको सुधारका लागि धेरै बाँकी कामहरू रहेछन्’, मन्त्री शर्माले भने, ‘तपाईँ यसमा कसैको प्रभावमा नपरी काम गर्नुहुनेछ भन्ने विश्वास लिएको छु । तपाईँले स्वतन्त्र रूपमा काम गर्नुहुनेछ ।’ उनले धितोपत्र बोर्ड र नेप्सेबीचको अन्तरसम्बन्धलाई नियमनकारीको भूमिका र व्यवहारिक रूपमा पनि सुदृढ गर्नुपर्ने आवश्यकता रहेको बताए । 

नवनियुक्त अध्यक्ष हमालले आफू सेबोन र पुँजी बजारको सुधारका लागि आफ्नो कार्यकुशलता पूर्ण रूपमा प्रयोग गर्ने बताए । त्यसमा सबैको साथ र सहयोग आवश्यक हुने भन्नुहुँदै निरन्तर सहयोग गर्न आग्रह समेत गरे ।

धितोपत्र बोर्डका निवर्तमान अध्यक्ष भिष्मराज ढुंगाना शेयर खरिद प्रकरणमा दोषी ठहरिएर पदमुक्त भएपछि अध्यक्षमा हमाललाई नियुक्त गरिएका हुन । हमाललाई योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलको संयोजकत्वमा रहेको छनोट समितिले सेबोन अध्यक्षमा सोमबार सिफारिस गरेको थियो ।

सोही सिफारिसअनुसार बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको हो । नवनियुक्त हमालले यसअघि नेपाल विद्युत प्राविधिकरणमा ९ वर्ष कार्य गरेको अनुभव रहेको छ 
 

प्रतिक्रिया दिनुहोस