
चितवन । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले एमसीसीको विषयमा झुटो कुरालाई सत्य बनाउन खोजिएको बताए । एमसीसीले देशको विकासमा सहयोग पु¥याउने भए पनि यहाँ अनावश्यक झुटको खेती गरेर त्यसलाई सावित गर्न खोजिएको उनको भनाइ छ ।
कांग्रेस राप्ती नगर समितिले आयोजना गरेको कार्यालय उद्घाटन समारोहमा उहाँले समाजमा छरिएको भ्रमलाई चिर्नु अहिलेको आवश्यकता रहेको बताए । उनले भने, “सत्यको मुख बन्द भयो भने झुटो बोल्नेको मुख चल्छ । झुटलाई सत्य बनाउन खोजिन्छ ।” एमसीसीलाई अन्योलमा राखेर गरिबी निवारण र आर्थिक विकासलाई रोक्न खोजिएको उनले बताए ।
नेपालले अन्य देशसँग ऋण लिँदा पनि विभिन्न सम्झौता हुने गरेको भन्दै उनले अहिलेको सहयोग उदारवाद रहेको बताए । ऋण दिने देशले पनि शर्त राखेर उसको कम्पनीलाई काम लगाउने गरी दिने गरेको भन्दै उनले भने, “यो परियोजना असफल बनाउन केही समूह र कम्युनिष्ट लागि परेका छन् ।” विवाद गरेर संसद्मा रोकियो भने यो परियोजना असफल हुने भन्दै उहाँले सबै जनतालाई यसको पक्षमा उभिन आग्रह गरे ।”
प्रतिक्रिया दिनुहोस