
काठमाडौं । जनकपुर धाममा रहेको धर्मशाला सञ्चालन गर्न बोलपत्र पाएको पिक हस्पिटालिटी म्यानेजमेन्टले बतास समूहको नाम लिएर बदानाम गर्न खोजेको बतास समूहले आरोप लगाएको छ ।
म्यानेजमेन्टका सञ्चालक दिपक लेखकले बतास समूहकै पिक हस्पिटालीटी कम्पनी भएको भन्दै सञ्चारमाध्यममा प्रचार गर्न लगाएको हुन सक्ने जनकपुर वृत्तहर क्षेत्र विकासका कार्यकारी निर्देशक बलराम ठाकुरले बताए ।
उनका अनुसार क्षेत्र विकासले आवहान गरेको बोलपत्रमा समेत भाग नलिएको बतास समूहको नाम अहिले कसरी आयो म नै छक्क परिरहेको छु । उनले भने, ‘गत पुष ७ गते क्षेत्र विकासको कार्यकारीणी समितिको निर्णयले निजी क्षेत्रलाई बोलपत्रका माध्यमबाट सञ्चालन गर्न आवहान गरिएको थियो । उक्त बोलपत्रमा क्षेत्र विकासले आवहान गरेको बोलपत्रको मापदण्ड पुरा गरेकाले पिक हस्पिटालिटीलाई ठेक्का परेको हो ।’
यसभन्दा पहिला यो धर्मशाला स्थानीयहरुले नै सञ्चालन गर्दै आएको उनले बताए । उनका अनुसार स्थानीयहरुले सञ्चालन गर्दा धर्मशाला मर्मत नभएका र वर्षौदेखि भाडा समेत नबुझाएकाले निजी कम्पनीर्ला सञ्चालन गर्न दिने निर्णय कार्यकारीणी समितिले गरेको हो । नयाँ व्यवस्थापनले हाल मर्मतसंहारको काम गरिरहेकाले अब पुन उक्त धर्मशालामा आउने पाहुँनाहरुलाई कति शुल्क लिने र के के सुविधाहरु उपलब्ध गराउने नयाँ सर्तहरु बनाउने उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस