
एजेन्सी । पछिल्लो एक वर्षमा सुनको भाउ ४३ हजारबाट बढेर ५० हजार रुपैयाँ भारु पुगेको छ । रुस–युक्रेन युद्धपछि पनि सुनको भाउ बढेको देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा १९ सय डलर पुगेको छ । तर, रुस–युक्रेन द्वन्द्वमा नरमता आएपछि यसको मूल्यमा गिरावट आएको छ । यो गिरावटको कारणले नाफा रिकभरी रहेको मानिन्छ । अहिले सुनमा लगानी गर्ने यो उपयुक्त समय भएको प्रश्न लगानीकर्ताको मनमा उठिरहेको छ । अर्कोतर्फ, यसमा लगानी गरिसकेकाहरूले यसमा लगानी गर्ने कि नाफा बुकिङ गरेर बाहिर निस्कने भन्ने चर्चा चलिरहेको छ ।
अहिले सुनमा केही मुनाफा बुकिङ हुनसक्ने कमोडिटी बजार जानकारहरु बताउँछन् जसले गर्दा सुनको भाउ घट्छ । रुस–युक्रेन संकट सकिएपछि पनि विश्वभर मुद्रास्फीति बढ्ने चिन्ता कायमै छ । यसले सुनको भाउ बढ्न मद्दत गर्ने अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा केही घटेपछि यसको मूल्य १८ सय ६५ डलरमा आउन सक्छ ।
जुन आगामी ३–४ महिनामा बढेर २ हजार डलरसम्म पुग्न सक्छ । यो गिरावटको समयमा यसलाई किन्नको लागि राम्रो मौका हुनेछ । योसँगै भारतीय बजारको एमसीएक्समा यसको मूल्य प्रति १० ग्राम ५२ हजारसम्म पुग्न सक्छ ।
प्रतिक्रिया दिनुहोस