
साउन महिना सुरु भएसँगै बजारमा हरिया र पहेंला चुरापोतेसँगै मेहन्दीको कारोबार निकै बढेको छ ।
साउनमा अधिकांश महिलाले हरिया र पहेंला चुरा र मेहन्दी लगाउने भकाले यसको कारोबारमा वृद्धि भएको हो ।
भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/७६ मा मात्रै मुलुकमा २ अर्ब २८ करोड ८८ लाख रुपैयाँ बराबरको चुरा, पोते, मेहन्दी र टिकौली लगायतका शृंगारका सामग्री आयात गरिएको छ ।
साउनकै महिनाका लागि वार्षिक दुई अर्ब रुपियाँभन्दा बढीका चुरापोते र अन्य कस्मेटिकका सामान बाहिरी मुलुकबाट आयात हुने गरेको छ । छिमेकी मुलुक भारत, चीन, थाइल्याण्डलगायतका मुलुकबाट चुरापोते र मेहन्दी आयात हुने गरेको छ । यो खबर आजको कारोबार दैनिकमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस