
काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनका लागि संसदमा पेस गर्न सत्ता गठबन्धनका नेताहरू सहमत भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा एमसीसीबारे सहमति भएको हो ।
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भने आइतबारको संसद बैठकमा एमसीसी टेबल गर्ने शीर्ष नेताहरुको निर्णयप्रति असहमति प्रकट गरेका छन् ।
यता आजै एमसीसी टेबल गर्ने कार्यसूची बनेको अवस्थामा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत नगर्ने भएका छन् ।स्रोतले बताए अनुसार अर्थमन्त्रीको अस्वस्थताका कारण अर्कै मन्त्रीले एमसीसी टेबल गर्ने भएका छन्।
आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ । त्यसअघि बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूची तय गर्ने छ ।
प्रतिक्रिया दिनुहोस