
काठमाडौं । आइतबार(आज) बस्ने प्रतिनिधिसभाको बैठकमा मिलेनियम च्यालेञ्ज एकाउण्ट(एमसीसी) प्रस्तुत हुने भएको छ । आज विहान बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा एमसीसी टेबल गर्न सहमति जुटाएको हो । उक्त मिलेनियम च्यालेञ्ज एकाउण्ट(एमसीसी) टेबल हुने सरकारका प्रवक्ता तथा सूचना सञ्चार तथा प्रविधि मन्त्री समेत रहेका ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।
उक्त मिलेनियम च्यालेञ्ज एकाउण्ट(एमसीसी) प्रतिनिधिसभामा पेश हुने विषयको नेकपा एकीकृत समाजवादीले भने विरोध जनाएको छ । उक्त पार्टीका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री सम्मानित नेता झलनाथ खनालले आइतबारको संसद बैठकमा एमसीसी टेबल गर्ने शीर्ष नेताहरुको निर्णयप्रति असहमति प्रकट गरेका छन् ।
प्रतिक्रिया दिनुहोस