aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

७१ अर्बको मकै किन्यो नेपालले

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १३ साउन २०७६
७१ अर्बको मकै किन्यो नेपालले

कुनै समय थियो, ‘खाए मकै, नखाए भोकै’ भनेर प्रमुख अन्नतबालीका रुपमा मकैलाई चित्रण गरिन्थ्यो ।

उच्च पहाड र तराईसहित सबै भूभागमा खेती हुने मकैलाई धानपछिको दोस्रो मुख्य बालीमा मान्दै आएको र तथ्यांकले पनि त्यही पुष्टि गर्छ । तर, मानव खाद्य र पशुपक्षीको आहारका रुपमा प्रयोग हुने मकैमा मुलुक अझै आत्मनिर्भर हुन सकेको छैन । यो क्रम एक दशकपछि लगातार बढ्दो छ ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार सन् २००९ जुलाईदेखि २०१९ जुनसम्मको एक दशकको अवधिमा नेपालमा ७१ अर्ब २१ करोड रुपैयाँ बराबरको दुई अर्ब ९२ करोड ६५ लाख मेट्रिकटन मकै आयात भएको तथ्यांक छ ।

अझ पछिल्ला वर्षमा बार्षिक १२ अर्ब रुपैयाँसम्मको मकै आयात हुने गरेको देखिएको छ । नेपालमा सबैभन्दाबढी भारतबाट मकै आयात हुन्छ । त्यसपछि अर्जेन्टिना, ब्राजिल, बंगलादेश, म्यानमार, युएई, अमेरिका र चीनलगायतका देशबाट आयात भएको भेटिन्छ । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस