aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

एमसिसी सम्झौता संसदमा टेबल भएपछि परिसंघको धारणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०८ फागुन २०७८
एमसिसी सम्झौता संसदमा टेबल भएपछि परिसंघको धारणा

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिस) बीचको सम्झौता प्रतिनिधिसभामा टेबल भएपछि नेपाल उद्योग परिसंघले छ । नेपालको आर्थिक विकासमा रणनीतिक महत्वदिने विद्युत र सडक क्षेत्रको विकासकालागि यो सम्झौता महत्वपूर्ण रहेको परिसंघले बताएको छ ।

नेपालले ७५ वर्ष लामो सम्बन्धमा अमेरिकाबाट प्राप्तभएका सहयोगबाट आर्थिक÷सामाजिकविकासमा गुणात्मक फड्को मारेको समेत परिसंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नेपालले दातृ निकायहरूबाट प्राप्तगरिरहेको विश्वास अभिवृद्धिमा एमसिसी सम्झौता कार्यान्वयनले थप टेवा पुग्ने परिसंघले जनाएको  छ । 

५० करोड अमेरिकी डलरको सहायता परियोजना नेपालको आर्थिक वृद्धिका अवरोध हटाउन केन्द्रित रहेने समेत उल्लेख गरेको छ । अमेरिकाको साथसाथै यसमा नेपाल सरकारले समेत १३ करोड अमेरिकी डलर खर्च गर्नेछ । युरोप, एसिया, ल्याटिन अमेरिका र अफ्रिकाका ३० भन्दा धेरै मुलुकले एमसिसी सहायतामा रूपान्तरणकारी आयोजना कार्यान्वयन गरी आफ्नो अर्थतन्त्रको गुणात्मक वृद्धि गरेका छन् । 

प्रतिक्रिया दिनुहोस