aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

कृषि क्षेत्रमा तोकिएको लगानी पुर्‍याउनै हम्मेहम्मे

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • सोमबार, ०९ फागुन २०७८
कृषि क्षेत्रमा तोकिएको लगानी पुर्‍याउनै हम्मेहम्मे

काठमाडौं । कृषिमा लगानी बढाउन नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई आफ्नो कुल कर्जामध्ये निश्चित प्रतिशत कृषिक्षेत्रमा लगानी गर्न अनिवार्य गरे पनि यो प्रावधान पूरा गर्न बैंकहरूलाई हम्मे परेको छ ।

राष्ट्र बैंकले गत आर्थिक वर्ष ९आव० को मौद्रिक नीतिमा वाणिज्य बैंकहरूलाई आफ्नो कुल कर्जाको १५ प्रतिशत कृषिमा प्रवाह गर्नुपर्ने व्यवस्था गरेको थियो । उक्त व्यवस्था पालना गर्न राष्ट्र बैंकले तालिका बनाएरै लक्ष्य निर्धारण गरिदिएको छ । तर, बैंकहरूले तोकिएको लक्ष्यअनुसार कर्जा प्रवाह गर्न सकेका छैनन् ।

राष्ट्र बैंकले बैंकहरूलाई कृषिकर्जा १५ प्रतिशत पुर्‍याउन २०८० असार मसान्तसम्मको समय दिएको छ । २०७८ असार मसान्तसम्ममा ११ प्रतिशत, २०७९ असारसम्ममा १३ प्रतिशत पुर्‍याउनुपर्ने गरी लक्ष्य निर्धारण गरेको छ । २०७८ पुस मसान्तसम्म पाँचओटा बैंकको मात्र कृषि कर्जा १३ प्रतिशत नाघेको छ ।

बैंकहरूले २०७८ असारमसान्तमै कृषिकर्जा ११ प्रतिशत पुर्‍याउनुपर्ने भए पनि पुससमान्तसम्ममा १० ओटा बैंकले तोकिएको लगानी गर्न सकेका छैनन् । कृषिक्षेत्रमा लगानी बढाउन नेपाल राष्ट्र बैंकले कृषिकर्जामा ब्याज अनुदानको व्यवस्था गरेको छ । यस सुविधाअन्तर्गत चालू आवको पुससम्ममा बैंकहरूबाट ५१ हजार ७५६ ग्राहकले ऋण सुविधा लिएका छन् । उनीहरूले १ खर्ब ३६ अर्ब ऋण लिएका छन् । यसैगरी कृषिमा ऋण प्रवाह गर्न नसक्ने बैंकहरूका लागि कृषि ऋणपत्रमा लगानी गर्न पाउने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस