
काठमाडौं । मुलुकको विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि सरकारले सामूहिक विदेश भ्रमण र वैदेशिक अध्ययनमा कडाइ गर्ने भएको छ ।
सामूहिक विदेश भ्रमण र वैदेशिक अध्ययन मार्फत ठूलो रकम मुलुकबाट बाहिरिन थालेकाले यसलाई नियमन गर्न नेपाल राष्ट्र बैंकले गत साता सार्वजनिक गरेको मौद्रिक नीति मार्फत नयाँ नीतिगत व्यवस्था ल्याएको हो ।
राष्ट्र बैंकको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७५र७६ को पहिलो ११ महीनामा विदेश भ्रमण व्यय १२ प्रतिशतले बृद्धि भई रू। ८० अर्ब ४५ करोड पुगेको छ ।
त्यसमध्ये विदेशी विश्वविद्यालयमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरू मार्फत रू। ४० अर्ब ९९ करोड बाहिरिएको छ । अहिले नेपाली विद्यार्थीहरूलाई विदेशमा स्नातकदेखि माथिको तह अध्ययन गर्न अनुमति दिइँदै आएको छ ।
उनीहरूको कलेज शुल्क ९फी० लगायत अन्य आधारभूत खर्चका निम्ति नेपालबाट ठूलो रकम बाहिरिने गरेको बताउँदै राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले भने, ‘यसले मुलुकमा सञ्चित हुने विदेशी रकममा ह्रास ल्याएको छ ।
त्यसैले यसलाई नियमन गर्ने प्रयास गरेका छौं ।’ यद्यपि, राष्ट्र बैंकले कसरी नियमन गर्नेछ भन्नेबारेमा उनले स्पष्ट बताएनन् । यो खबर आजको अभियान दैनिकमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस