aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

पोखरामा पनि आकाशियो तरकारीको भाउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १३ साउन २०७६
पोखरामा पनि आकाशियो तरकारीको भाउ

कास्की । वर्षा याम तथा भारतीय तरकारीको बिषादी परीक्षण प्रकरणसँगै पोखरामा तरकारीको मूल्य आकाशिएको छ ।

व्यापारीले वर्षा र भारतीय विषादी प्रकरणपछि तरकारी तथा फलफूल कम मात्रामा भित्रिएको भन्दै आफूखुशी मूल्य बढाएका छन् ।

तरकारी र फलफूलको मूल्य अत्यधिक वृद्धि भएपछि उपभोक्ता मारमा परेका हुन् । बजारमा उपलब्ध अधिकांश तरकारीको भाउ किलोकै १०० रुपैयाँभन्दा माथि छ । पछिल्ला दुईसाता यता तरकारी तथा फलफूलको भाउ ५० देखि सय प्रतिशतसम्म बढेको व्यापारी बताउँछन् ।

व्यवसायीका अनुसार बजारमा काँक्रोको मूल्य प्रतिकिलो रू. ८० र परवलको  १२० रुपैयाँ छ । आलु प्रतिकेजी रू. ५० नाघेको छ । काउली, भिन्डी, घिरौंलाको मूल्य पनि १२० रुपैयाँ हाराहारी छ ।

यस्तै, तनेबोडी रू. १४०, भेडे खुर्सानी रू. १२०, गोलभेडा रू. १२०, लौका र करेलाको रू. ७० र हरियो खुर्सानी रू. १०० पुगेको छ । यो थोक मूल्य हो । यसमा खुद्रा मूल्य १० देखि ३० रुपैयाँसम्म बढी पर्छ । यो खबर आजको अभियान दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस