aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

दशगजाका मुसहरको दशा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १३ साउन २०७६
दशगजाका मुसहरको दशा

महोत्तरीको मनरासिसवा नगरपालिका—१० स्थित मधवा गाउँ भारत नेपाल सीमानामा अवस्थीत छ। गाउँ नेपालकै भए पनि गाउँका दलितहरुको बसोबास दशगजामा छ । पुर्खौदेखि नेपाल भारतको दशगजामा बस्ती बनाएर बस्दै आएका ४५ परिवार मुसहरहरुको जीवन निकै दयनीय छ ।


बर्खा लागदेखि नै मुसहरी टोलमा खुट्टा टेक्न सक्ने बाटो छैन। चारैतिर वर्षाको पानीले हिलाम्य छ । घरैपिच्छे हिलोमाटोले हिडिनसक्नु छ। एक फिटजति हिलोमा खुट्टा गाडेर मुसहरहरु आउजाउ गरिरहेका छन् ।

कतिको फुसले बनाइएको घरको छाना र कतिको पर्खाल बाढीले भत्काएको छ। भत्किएका पर्खाल र उडेका छानाहरु जेनतेन समेटेर मुसहरहरु बसिरहेका छन् ।


यो बस्तीमा जाने जो कोहीको भन्छन् ‘यस्तो अवस्थामा पनि कसरी बस्न सकेका होलान् रु ’ बाढी प्रभावित क्षेत्रमा सबै तहका सरकारको उपस्थिति हुँदा मसहरी टोलमा भने कुनै निकायको ध्यान पुग्न सकेको छैन ।


‘स्थानीय सरकार गठनपछि अधिकांश गाउँका बाटो पक्की बनेका छन्। तर, मुसहरी टोल भने जस्ताको त्यस्तै छ’ स्थानीय किसुनी सदा भन्छन्, ‘महिनौंसम्म हिलाम्य रहने मुसहरीको बाटोमा कतैबाट एक टिपर गिट्टीसमेत हालिएको छैन ।’ यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस