
एजेन्सी । अम्बानी समूहका अध्यक्ष अनिल अम्बानीका जेठा छोरा जय अनमोलले २० फेब्रुअरीमा विवाह गरेका छन । उनले आफ्नी प्रेमीका कृषा शाहसँग विवाह गरेका हुन् । दुवैका सबै तस्विर अहिले इन्टरनेटमा भाइरल भइरहेका छन् ।
जय अनमोल र कृषाको यो विवाह मुम्बईको बान्द्रास्थित अनिल अम्बानीको पाली हिल निवासमा भएको थियो । पाली हिल बलिउड स्टारका कारण चिनिन्छ । सुनील दत्तदेखि दिलिप कुमारसम्मका घरहरू यस्ता छन् ।
अनिलका दुई छोरा छन् । जय अनमोल जेठो र जय अंशुल कान्छो । टीना अम्बानीले ३१ डिसेम्बर २०२१ मा आफ्नो इन्स्टाग्राम ह्यान्डलमा जय अनमोलको विवाहको जानकारी दिएकी थिइन् । यो विवाहको भिडियो पनि भाइरल भइरहेको छ । यसमा अनमोलले ब्राउन कलरको शेरवानी लगाएका छन् । उनी आफ्नो परिवारसँग नाचिरहेका छन् । कतिपय जन्तीले आफू अनुकूल कालो रंगको टी–सर्ट लगाएका थिए जसमा ‘नो सिप इन माई सर्कल’ लेखिएको थियो । अनमोल र कृषा सन् २०२१ को डिसेम्बरमा इन्गेजमेन्ट भएको थियो ।
कृशा शाह मुम्बईमा जन्मिएकी हुन् र एक सामाजिक कार्यकर्ता हुन् । उनले आफ्नो प्रारम्भिक अध्ययन मुम्बईबाट गरे र पछि अमेरिका र बेलायतबाट गरिन । क्यालिफोर्नियाबाट लन्डन स्कूल अफ इकोनोमिक्स र पोलिटिकल इकोनोमीबाट सामाजिक विज्ञानको अध्ययन गरिन ।
विवाहमा मुकेश अम्बानी, नीता अम्बानी, उनकी छोरी ईशा अम्बानी र टीना अम्बानीकी भाउजु दीप्ती सालगाउँकर र नीताकी भाउजू नीना कोठारी पनि सहभागी थिए । कार्यक्रममा जया बच्चन, श्वेता बच्चनलगायत केही बलिउड सेलिब्रेटीहरू पनि उपस्थित थिए ।
प्रतिक्रिया दिनुहोस