aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

कक्षा १२ को नतिजा आज आउँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १३ साउन २०७६
कक्षा १२ को नतिजा आज आउँदै

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा उत्तिर्ण परीक्षा, कक्षा १२ को परीक्षाफल आज सार्वजनिक गर्दैछ । नतिजा सोमबार बेलुकासम्म सार्वजनिक हुन लागेको हो ।

राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशनका लागि सोमबार बेलुकी ५ बजे बोर्ड बैठक  बोलाएको छ । आइतबार प्राविधिकसहितको उपस्थितिमा नतिजाको सुद्धता परीक्षण गरिसकेको छ ।

परीक्षणमा ‘इरर’ नभेटिएपछि सोमबार नतिजा सार्वजनिक गर्ने तयारी भएको हो । यसपाली पनि बोर्डले सबै विषयको परीक्षाफल एकै पटक सार्वजनिक गर्दैछ । अघिल्लो वर्षदेखि सबै विषयको नतिजा एकै पटक सार्वजनिक गर्न सुरु गरेको हो ।

यो वर्ष अघिल्लो वर्षभन्दा केही दिनअघि नतिजा सार्वजनिक गर्ने भएको हो । दुई वर्षअघिसम्म साइन्स समुहको नतिजा सार्वजनिक गर्ने र अन्य विषयको असोजसम्म लाग्ने गरेको थियो ।

गत वैशाखमा सञ्चालन भएको यस वर्ष कक्षा १२ को परीक्षामा चार लाख भन्दा बढी विद्यार्थी सहभागि भएका थिए ।

प्रतिक्रिया दिनुहोस