
एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको सिमानामा सैन्य तैनाथी गरेर ठूलो कदम चालेका छन् । उनीहरूले पूर्वी युक्रेनको लुहान्स्क र डोनेट्स्क प्रान्तहरूलाई स्वतन्त्र राष्ट्रको रूपमा मान्यता दिएका थिए ।
एकातिर अमेरिकालगायत धेरै देशले यसलाई अन्तर्राष्ट्रिय सन्धिको उल्लंघन भनेका छन् । अर्कोतर्फ चीन–भारत यस सम्पूर्ण विवादमा तटस्थ छन् । दुवैले यस विषयमा कुनै पक्ष लिएका छैनन् । संयुक्त राष्ट्रसंघका लागि भारतका प्रतिनिधि टीएस तिरुमूर्तिले भने, “युक्रेन र रुसबीचको सीमानाको तनाव गहिरो चिन्ताको विषय हो । यस क्षेत्रमा रुसको कदमले शान्ति र सुरक्षालाई कमजोर बनाउनेछ । हामी दुवै पक्षलाई संयमता अपनाउन अपील गर्दछौं। हामी कूटनीतिक संवादबाट मात्रै यो समस्या समाधान हुन सक्छ ।’’
चीनले दुवै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ । संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठकमा चीनका प्रतिनिधि झाङ जुनले भने–‘सबै देशले शान्तिपूर्ण माध्यमबाट अन्तर्राष्ट्रिय विवाद समाधान गर्नुपर्छ भन्ने हाम्रो विश्वास छ ।’
ह्वाइट हाउसले भने कि बाइडेनले युक्रेनको पूर्वी क्षेत्रहरूको “स्वतन्त्रता“ लाई मान्यता दिने पुटिनको निर्णयको कडा निन्दा गरेको छ । अमेरिकी राष्ट्रपतिले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई पनि भनेका छन् अमेरिका र उसका सहयोगीहरूले छिट्टै जवाफ दिने धम्की दिएका छन ।
प्रतिक्रिया दिनुहोस