aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

एमसीसी सम्झौता विरुद्धको मुद्दा अदालतमा दर्ता भएन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० फागुन २०७८
एमसीसी सम्झौता विरुद्धको मुद्दा अदालतमा दर्ता भएन

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताविरुद्धको रिट सर्वोच्च अदालतले दरपीठमा पठाइ दिएको छ । अधिवक्ता डा.सुरेन्द्र भण्डारीले प्रतिनिधिसभामा एमसीसी परियोजना सम्झौता अनुमोदन गर्न दर्ता भएपछि त्यसको विरुद्धमा अन्तरिम आदेश माग गर्दै सर्वोच्चमा रिट लिएर पुगेका थिए ।  सरकारको नीतिगत निर्णय अदालतको क्षेत्राधिकारमा नपर्ने भन्दै डा. भण्डारीका रिटलाई  दरपीठ पठाएको हो । 

प्रतिक्रिया दिनुहोस