aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

रुस–युक्रेन तनावका कारण सुनचाँदीको मूल्यमा उच्च वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० फागुन २०७८
रुस–युक्रेन तनावका कारण सुनचाँदीको मूल्यमा उच्च वृद्धि

एजेन्सी । रुस–युक्रेन तनावका कारण सुन र चाँदीको भाउमा उच्च वृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ १ हजार ९०९ डलर नाघेको छ । अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औंस १ हजार ९०९ दशमलव १२ अमेरिकी डलर पुगेको छ । अर्कोतर्फ, चाँदीको कुरा गर्दा यो प्रति औंस २४ डलर नाघेको छ ।

रुस र युक्रेनबीच तनाव बढ्दै गएका बेलामा सुनमा लगानी गर्नेहरु  बढ्न थालेका हुन । मुद्रास्फीति नियन्त्रण हुन नसक्दा अहिले सुनको भाउ बढ्ने सम्भावना रहेको विज्ञहरुको भनाइ छ ।  अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ आगामी तीन–चार महिनामा दुई हजार डलरसम्म पुग्न सक्ने अनुमान गरिएको छ । यससँगै नेपालमा  सुनको भाउ ९७ हजार पुगेको छ ।
 

प्रतिक्रिया दिनुहोस